• काठमाडौ, फागुन १० गते । स्वास्थ्य मन्त्रालयले फागुन १२ देखि १४ सम्म देशका २४ जिल्लामा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने भएको छ । स्वास्थ्य मन्त्रालय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महासाखाका प्रमुख डा. भीम आचार्यले

    आम औषधि सेवन कार्यक्रमअन्तर्गत यो वर्ष पनि हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउन लागिएको जानकारी दिनुभयो ।
    उहाँले औषधि खुवाउने २४ जिल्लामा पाँचथर, ईलाम, झापा, भोजपुर, धनकुटा, मोरङ, उदयपुर, लमजुङ, पर्वत, बागलुङ, कपिलवस्तु, दैलेख, दाङ्ग, बाँके, बर्दिया, बझाङ्ग, बाजुरा, अछाम, डोटी, कैलाली, दार्चुला, बैतडी, डडेल्धुरा र कञ्चनपुर रहेका छन् ।
    इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक आचार्यले ९१ लाख ५४ हजार व्यक्तिलाई औषधि खुवाइने जानकारी दिनुभयो । उहाँले हात्तीपाइलेको औषधि सेवन गर्दा दुई बर्ष नपुगेका केटाकेटीहरू, गर्भवती र ७ दिनसम्मका सुत्केरी महिलाहरू, छारे रोगी तथा सिकिस्त बिरामीहरूले खान नहुने बताउनुभयो । उहाँले औषधि खाँदा खाली पेटमा नभई खानासँगै अर्थात् खाना खाएपछि मात्रै खान उपयुक्त हुने सल्लाह दिनुभयो । खाली पेटमा खाँदा समस्या निम्तिन सक्ने उहाँको भनाइ छ ।

सम्वन्धित समाचार

काठमाडौं- आगामी तीन दिनसम्म देशभरको तापक्रम बढ्ने चेतावनी जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महा…

 भजनी (कैलाली), १७ फागुन:  सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशमा सरुवा रोग अनुसन्धान केन्द्रको स्थ…

खोटाङ, १३ फागुन :  दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाकी २९ वर्षीया फुरदिकु शेर्पा…

 काठमाडौँ, १२ माघ :  नेपाल आँखा अस्पताल त्रिपुरेश्वरमा ‘लेन्स स्पेयरिङ भिट्रेक्टोमी’…