• मोरङ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईका लागि जहदा रोडमा एउटा घर तयार पारिएको थियो, तर अपायक र असुरक्षित भएको भन्दै उनी राष्ट्र बैंकको गेस्टहाउसमा बसिरहेका छन् । आन्तरिक मामिलामन्त्री हिक्मत कार्की फुड एन्ड फन रिसोर्टमा र आर्थिक मामिलामन्त्री इन्द्र आङ्बो होटेल स्वागतम्मा छन् ।
    पर्यटनमन्त्री जगदीश कुसियत ४० किमि टाढा कोसी गाउँपालिका (सुनसरी)स्थित निवासबाट आउँछन्। सामाजिक विकासमन्त्री जीवन घिमिरेको घर भने नजिकै भएकाले आउजाउ गर्न सजिलो छ । प्रदेश २ केन्द्रले दिएका गाडी चल्नै नसक्ने, दुई गाडी बनाउन १७ लाख लाग्ने केन्द्रीय सरकारले दिएका तीनवटा गाडी चल्नै नसक्ने अवस्थाका छन् । अरू दुई गाडीमध्ये एउटा मुख्यमन्त्री मो लालबाबु राउत गद्दी र अर्को अर्थ मामिला तथा योजनामन्त्री विजय यादवले चढिरहेका छन ।
    ती दुई गाडी मर्मत गर्न १७ लाख लाग्ने अनुमान छ। धनुषास्थित सिँचाइ कार्यालयले सभामुख सरोजकुमार यादवलाई दिएको गाडीमा सिट कभरसमेत छैन । भौतिक पूर्वाधारमन्त्री जितेन्द्र सोनललाई कृषि तालिम केन्द्रले दिएको गाडी पनि सोमबार राति वीरगन्जबाट फर्किँदा बिग्रिएपछि थन्क्याइएको छ । प्रदेश ६ मा सरकारी निवास नपाउँदा मन्त्रीको वास होटेलमा कर्मचारीले क्षेत्रीय कार्यालयका निवास छाड्न ढिला गर्दा सभामुख र मन्त्रीले सरकारी निवास पाएका छैनन ।
    प्रदेश प्रमुख दुर्गाकेशर खनालले पनि नियुक्त भएको दुई सातापछि क्षेत्रीय वन तालिम केन्द्रका निर्देशकको निवास पाएका थिए। मुख्यमन्त्री महेन्द्रबहादुर शाही कार्यालयकै गेस्टहाउसमा बस्दै आएका छन् । तर, सभामुख राजबहादुर शाही र उपसभामुख पुष्पा घर्ती विष्ट आफन्तको घरमा बस्दै आएका छन्। आर्थिक मामिलामन्त्री प्रकाश ज्वाला वीरेन्द्रनगरस्थित फूलबारी होटेलमा बस्दै आएका छन्।

सम्वन्धित समाचार

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्री…

काठमाडौ । सत्तारुढ दल नेपाली कांग्रेस रामेछापका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले दुई उपप्रधानमन्त्री…

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ ।  सरकारले जेठ १५…

माघ २ बुधबार  लेटाङ नगरपालिका वडा नम्बर ३ मा नेपाल कम्युनिस्ट पार्टि माओवादी केन्द्रको वडा अधिबेश…