• दैनिकरुपमा घर तथा सार्वजनिकस्थलमा उचित व्यवस्थापन गर्न नसक्दा वर्षांैदेखि बढ्दै गएको फोहरका कारण अस्तब्यस्त बन्दै गएको छ । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका वडा नं ७ स्थित ऐतिहासिक तथा धार्मिकस्थल त्रिवेणीघाट र आसपासका रोशी खोला तथा पुण्यमाता खोलाको सरसफाइ थालनी गरिएको छ ।

        पनौतीमा रहेको ऐतिहासिक तथा धार्मिकस्थल त्रिवेणीघाट र गोरखनाथमा बाह्र वर्षमा लाग्ने मकर मेलालाई लक्षित गरी यहाँ आउने श्रद्धालु भक्तजन र आन्तरिक तथा बाह्य पर्यटकको सुविधाका लागि नागरिक अभियानकर्मीले नगरपालिका र वडा नं ७ कार्यालयको समन्वयमा सरसफाइ अभियानको थालनी गरेका हुन् ।

        सोही मेलालाई लक्षित गरी अहिलेदेखि नै नगरपालिकाभित्र रहेका विभिन्न सङ्घसंस्था, नागरिक समाजको अगुवाइ तथा स्थानीय बासिन्दाले ‘पनौती त्रिवेणी सरसफाइ नागरिक अभियान’ कार्यक्रमको शुभारम्भ गरेका हुन् । सो कार्यक्रममा वाग्मती सरसफाइ अभियानर्की किशोरसिं शाहीले वाग्मती नदीमा सरसफाइ अभियान थालनी गर्दा पनि निकै कठिनका साथ गरेर अहिले यो स्थितिमा आइपुगेको उल्लेख गर्दै शुरुमा थालनी गर्दा आत्तिन नहुने बताउनुभयो । 

        पनौतीका नगर प्रमुख भीम न्यौपानेले आफ्नो बासस्थान र कार्यस्थान वरिपरि सदैव सफा राख्छु भन्ने प्रतिबद्धता व्यक्त गर्न लगाउँदै अभियानमा सहभागी हुन सबैलाई आग्रह गर्नुभयो । पुण्यमातामा आफूहरुले फोहर गरेको भए पनि त्यसको शिरबाट नै फोहर गरेर पठाउने भएको हुनाले त्यसको रोकावटको निमित्त बनेपा नगरपालिकासँग कुरा भइरहेको प्रमुख न्यौपानेले बताउनुभयो ।

        आगामी २०७८ सालमा सो मेला लाग्ने छ । त्रिवेणीघाटमा नुहाई त्यहाँको जल उत्तरपट्टी रहेको अग्लो डाँडामा अवस्थित गोरखनाथलाई अर्पण गर्नाले ठूलो पुण्य मिल्ने जनविश्वास रहेको पाइन्छ । राजा प्रताप मल्लले विसं १७२७ मा रानीपोखरी बनाइसकेपछि विभिन्न तीर्थस्थलको जल राख्दा पनौती त्रिवेणीघाटको जल ल्याइराखेको कुरा यहाँस्थित शिलालेखमा उल्लेख छ ।

सम्वन्धित समाचार

 भजनी (कैलाली), १७ फागुन:  सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशमा सरुवा रोग अनुसन्धान केन्द्रको स्थ…

खोटाङ, १३ फागुन :  दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाकी २९ वर्षीया फुरदिकु शेर्पा…

 काठमाडौँ, १२ माघ :  नेपाल आँखा अस्पताल त्रिपुरेश्वरमा ‘लेन्स स्पेयरिङ भिट्रेक्टोमी’…

 तुलसीपुर (दाङ), १ भदौ : दाङ शान्तिनगर गाउँपालिका वडा नं २ ले घरमै पुगेर ज्येष्ठ नागरिक बिरामीको …