• पर्नसक्ने विपत्तिलाई मध्यनजर राख्दै  पूर्व तयारीका सामग्री सङ्कलनमा पहिलो प्राथमिकता दिइने भएको छ । वर्षायाममा बाढीपहिरोबाट प्रभावित हुने र हिउँद याममा लाग्ने वन जङ्गलका डढेलो नियन्त्रणमा मद्दत पु¥याउने  खालका यथेष्ट  सामग्री भण्डारण गर्नुपर्ने आवश्यकता औँल्याइएको हो ।


    सुरक्षा निकाय, सरोकारवाला र गैरसरकारी संस्थाबीच सोमबार जिल्ला प्रशासन कार्यालय रसुवामा आयोजित पर्नसक्ने  विपद् र समाधानका विषयक कार्यक्रमले विपद्को अवस्थामा खोज, उद्वार एवं  तत्कालको राहत र वन जङ्गलको डढेलो नियन्त्रणका सामग्री भण्डार व्यवस्थामा पहिलो प्राथमिकता दिने तय भएको हो । सरकारी निकायको साथै जिल्लास्थित नेपाल रेडक्रस, अपाङ्गता पुनःस्थापना केन्द्र र ट्रान्सपरेन्सी इन्टरनेशनल निकायसमेतका प्रतिनिधिको उपस्थितिमा भएको समीक्षा कार्यक्रमले रसुवामा बढी भीरपाखो भएका कारण डढेलो नियन्त्रणमा भने सफलता हासिल गर्न नसकेको सहभागीले बताए । गत महिना हाकु  क्षेत्रको  जङ्गलमा लागेको डढेलो तीन दिनको प्रयासमा अग्नि रेखा बनाएर नियन्त्रणमा ल्याइएको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले जानकारी दिनुभयो । भौगोलिक विकटता, बढी भीरपाखो, अधिकांश समय चलिरहने हावाहुरी जस्ता कारण रसुवाको जङ्गलमा अचानक लाग्ने डढेलो नियन्त्रणमा कठिनाइ हुने गरेको वन प्राविधिकले बताएका छन् । 

    रसुवाको जङ्गल समय–समयमा धेरै डढेलोको चपेटामा पर्ने र डडेलो किन लगाइन्छ दोषी को हो भन्ने विषयमा खोजी गर्ने निकायले बेवास्ता गर्दा वर्षेनी जङ्गलका स–साना वनस्पति नोक्सान हुँदै गएको स्थानीय बासिन्दाले बताएका छन् । जिल्ला विपद् व्यवस्थापन समितिमा खोज उद्वारका केही  सामग्री मौज्दात  रहेको प्रजिअ पन्तले बताउनुभयो । उहाँले अपुग सामग्री जुटाउने प्रयासमा आफू अगाडि बढिरहेको  जानकारी दिनुभयो । चालू आर्थिक वर्षमा दुई घरमा आगलागी हुनाको साथै वन कार्यालयको हाकु, लाङ्टाङ  राष्ट्रिय निकुञ्ज क्षेत्रको ग्राङ एवं यार्सा क्षेत्रको जङ्गलमा डढेलो लागेको बताइन्छ ।

सम्वन्धित समाचार

काठमाडौँ । नेपाली कांग्रेसको संसदीय कार्यसमिति र संसदीय दलको बैठक सोमबार बस्ने भएको छ । कांग्रेसले…

काठमाडौं, ३० वैशाख । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले सहकारी ठगीविरुद्ध सदनसँगै सडक …

 चितवनको भरतपुरमा विद्यार्थी लिन गएको स्माल हेभन स्कुल कल्याणपुरको बसमा अज्ञात समूहले आगजनी गरेका छन्…

काठमाडौँ । नेपाल आइडल फेम गायक रवि ओड प्रहरीको नियन्त्रणमा रहेका छन् ।कञ्चनपुर प्रहरीका अनुसार गायक ओडले …