• गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ गतेको क्रान्ति नै हो : सभापति देउवा
    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विसं २००७ फागुन ७ गते कांग्रेसको नेतृत्वमा नेपालको आधुनिक इतिहास प्रारम्भ भएको गौरवमय दिनका अवसरमा सबै नेपालीमा शुभकामना व्यक्त गर्नुभएको छ ।
     
    उहाँले आज विज्ञप्तिमार्फत ७० वर्षअघि विसं २००७ कात्तिक २६ देखि प्रारम्भ ऐतिहासिक जनक्रान्तिले आजकै दिन १०४ वर्षको एकतन्त्रीय निरंकुश राणा शासनलाई समाप्त पारेर देशमा प्रजातन्त्रको स्थापना गरेको बताउनुभएको छ ।
     
    “राजनीतिक परिवर्तन मात्र होइन, आर्थिक, सामाजिक, सांस्कृतिक, शैक्षिक हरेक क्षेत्रमा यसले अग्रगामी परिवर्तनको मार्गप्रशस्त गरेको थियो । मध्ययुगीन सामन्ती अवस्थाबाट नयाँ युगमा नेपाल प्रवेश गर्यो र प्रजातन्त्रसँगै बलियो राष्ट्रियताको आधार पनि सो दिनले निर्माण गर्यो”, सभापति देउवाले विज्ञप्तिमा उल्लेख गर्नुभएको छ ।
     
    समृद्धिको सपना, समावेशीताको जग, राष्ट्रियता र प्रजातन्त्रको अन्योन्याश्रित सम्बन्ध हुँदै २०४६ को परिवर्तन र २०६२÷६३ को आन्दोलनमार्फत सङ्घीयता र गणतन्त्रसम्मको यात्राको जननी त्यही फागुन ७ को क्रान्ति नै भएको उहाँको भनाइ छ । सभापति देउवाले ऐतिहासिक त्यो घडी सम्भव तुल्याउने शहीद एवं जननायक बिपी कोइरालालगायत अग्रज नेतृत्वप्रति उच्च श्रद्धा र सम्मान व्यक्त गर्नुभएको छ ।
     
    प्रतिनिधिसभा विघटनविरुद्धको आन्दोलनमा फागुन ७ को मितिले विशेष ऊर्जा सबैलाई प्रदान गर्नेछ भन्ने उहाँले विश्वास लिनुभएको छ ।

सम्वन्धित समाचार

  काठमाडौं । मोरङ जिल्लाको उर्लाबारीका प्रविन बाँस्तोला हत्या प्रकरणमा थप एक जना पक्राउ परेका छन्…

उर्लाबारी । शहरी विकास मन्त्रालयले मोरङको उर्लाबारी नगरपालिकामा सन्थाल जातिको एकीकृत बस्ती निर्माण गर्ने भए…

दुईतिर भारतसित सिमाना जोडिएको कञ्चनपुरमा लागुऔषध कारोवार गर्ने नेपाली तथा भारतीय गिरोहमाथि प्रहरीले का…

काठमाडौँ, १६ फागुन (रासस) : शहरी विकास मन्त्रालयले मोरङको उर्लाबारी नगरपालिकामा सन्थाल जातिको एकीकृत ब…