• उर्लाबारी । केराबारी गाउँपालिकाका अध्यक्ष रोहित कार्कीको मिलेमतोमा खोला दोहन भएको भन्दै गाउँपालिका तोडफोड गरेका छन् । 


    क्रसर उद्योगले मोरङको केराबारी–८ स्थित खदम खोलामा जथाभावी उत्खनन् गरी जनतालाई उठिबास लगाउन खोजेको भन्दै सयौं संख्यामा गाउँपालिका पुगेका स्थानीयबासीले तोडफोड गरेका हुन् । उनीहरुले गाउँपालिकाको अगाडि पट्टीको सिसा फुटाइदिएका छन् । जनताका प्रतिनिधि नै खोला दोहनको मतियार बनेकाले बाध्य भएर आन्दोलनमा उत्रिनु परेको स्थानीयको भनाई छ ।

    लामो समयदेखि स्थानीयबासीहरुले खोला दोहनका कारण उठिबास हुने अवस्था सिर्जना भएको भन्दै दबाब दिँदै आएका थिए । तर, स्थानीय निकायले यसप्रति गम्भिर ध्यान नदिएको आरोप छ । ठेकेदार भीम पौडेल, गाउँपालिकाका अध्यक्ष कार्कीलगायतको मिलेमतोमा खोला दोहन भइरहेको स्थानीय बताउँछन् ।  खोला किनारमा ठूल्ठूला खाल्डा बनाएको र खोलामा च्यानल बनाउनु पर्नेमा किनाराबाट गिट्टी खनेर लैजाने गरेकाले बस्ती नै जोखिममा परेको भन्दै स्थानीय चन्द्र लिम्बूले बाध्य भएर आन्दोलनमा उत्रिनु परेको बताउनुभयो । उहाँले गाउँपालिका घेराउ गर्न जाँदा प्रहरी प्रशासन लगाएर कुटपिट गरेको बताउनुभयो । उहाँले वस्तीको संरक्षणका लागि आफुहरु मर्न तयार रहेको बताउनुभयो । 


    स्थानीयका अनुसार अबैध उत्खनन्ले केराबारी गाउँपालिका वडा नं. ८ को आमजुङीका करिब ५०० घरपरिवार जोखिम परेको छन् । गाउँपालिका कार्यालय घेराउसहित स्थानीयले  ठेकेदार पौडेल तथा गाउँपालिका अध्यक्ष कार्कीविरूद्ध नाराबाजी गरेका छन् ।  ठेकेदार पौडेलको क्रसरले मापदण्ड विपरित करिब ३० फिट गरहिराइ सम्म उत्खनन् गरिरहको र त्यसमा गाउँपालिका अध्यक्षको समेत संलग्नता रहेको स्थानीयको दाबी छ । गाउँपालिका कार्यालयमा तोडफोड भएपछि ठूलो संख्यामा सशस्त्र र नेपाल प्रहरी परिचालन गरिएको छ । यसअघि आक्रोशित स्थानीयले क्रसरको भवनसमेत तोडफोड गरेका थिए । उनीहरुले चरम दोहन नरोकेसम्म आन्दोलन नरोक्ने बताएका छन् ।

सम्वन्धित समाचार

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…

 सल्लेरी (सोलुखुम्बु), १८ फागुन : जलवायु परिवर्तनका कारण हिमाल पग्लिएको र यसले स्थानीय समुदायमा पार…