•  

    काठमाडौं । मोरङ जिल्लाको उर्लाबारीका प्रविन बाँस्तोला हत्या प्रकरणमा थप एक जना पक्राउ परेका छन् । हत्या भएको रात प्रविन सुतेका घरधनी रमेश गिरीलाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेको हो । हत्या भएको रात उर्लाबारी नगरपालिका–७ का रमेश गिरीको घरमा रहेको साथीको डेरामा प्रविन सुतेका थिए ।

    उर्लाबारी–५ घर भएका प्रविनको हत्या आरोपी गिरीलाई आइतवार पक्राउ गरिएको मोरङका प्रहरी उपरीक्षक (एसपी) सन्तोष खड्काले लोकपथलाई बताए ।

    त्यस्तै जिल्ला अदालत मोरङका न्यायाधीश सुदर्शन लामिछानेको इजलासले अर्का आरोपी कुमार राईलाई ३ लाख धरौटीमा रिहा गर्न आदेश दिएको एसपी खड्काले जानकारी दिए ।

    हत्यामा संलग्नमध्ये ३ जना फरार छन् । उनीहरु उपर पक्राउ पुर्जी जारी भइसकेको छ । उनले बताए ।

    गत पुस ४ गते मदिराको नशामा साथीहरूसँगै सुतेका प्रविन बिहान अचेत अवस्थामा भेटिएपछि उनलाई अस्पताल लगिएको थियो । मोरङकै गोदावरी अस्पतालका चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिकाले एक सञ्चार सस्थासहित चार जना पत्रकारलाई सम्मान पुरस्कार र १३ जनालाई…

मोरङ । मोरङको पथरीशनिश्चरे—१ कि रिजु भट्टराई नेपालको प्रतिनिधित्व गर्दै विश्व सुन्दरी प्रतियोगिता भिड्…

मोरङ । मोरङको पथरीशनिश्चरे—१० स्थित किरात युमा माङहिमले धार्मिक आस्थाको लागि राखिएको त्रिशुल र नेप…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिका स्थित पशुपति सामुदायिक वन उपभोक्ता समितिले लाहा खेतीको लागि शनिवा…