• फागुन १८, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग वार्ता गर्नका लागि सरकारले दुई सदस्यीय वार्ता टोली गठन गरेको छ ।

    गृहमन्त्री रामबहादुर थापा बादल र प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराई सम्मिलित वार्ता टोली गठन गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले जानकारी दिए ।

    गुरुङले विज्ञप्ति जारी गरी विप्लव नेकपासँग वार्ताद्वारा समस्या समाधान गर्न २ सदस्यीय वार्ता टोली गठन गरेको बताएका छन् ।

    विप्लव नेकपाले प्रतिबन्ध फुकुवा, जेल र हिरासतमा रहेका नेता कार्यकर्तालाइ बिनासर्त रिहा गर्नुपर्ने र अहिलेसम्म लगाइएका मुद्धा खारेज गर्नुपर्ने ३ वटा माग राखेका छन् । भने अहिलेसम्मको समीक्षा सभा,अन्तरिम सरकार गठन र बैज्ञानिक समाजबादको यात्रामा जानुपर्ने माग राखेको छ ।

    सरकारले समिति बनाएसँगै विप्लव नेकपाले पनि वार्ता टोली बनाउने तयारी गरेको छ । नेकपामाथि २८ फागुन २०७५ देखि सरकारले प्रतिबन्ध लगाएको थियो ।

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा रहेका विद्यार्थी संख्या कम भएको १३ वटा विद्यालयहरुलाई कक्षा घटुवाहुने पत्…

मोरङ । नेकपा (माओवादी केन्द्र) संबद्ध आदिबासी÷जनजाति संयुक्त मोर्चा नेपालको केन्द्रीय अध्यक्ष शुरेस आ…

मोरङ । माओवादी केन्द्र निकट आदिबासी÷जनजाति संयुक्त मोर्चा नेपालको प्रदेश स्तरीय प्रशिक्षण हुने …

मोरङ । ताप्लेजुङको मुकुमलुङ पछिल्लो समयमा माथीभाराबाट परिचित माङहिम÷मन्दीरमा बार्षिक अरबौ कमाउने…