• काठमाडौं । हिन्दू धर्मशास्त्रको बारेमा धेरै कुरा हामीलाई थाहा छ । विज्ञानले पनि धर्मशास्त्रलाई मान्ने गरेको कुरा त हामीलाई अवगत नै छ । तर के तपाईलाई भृगु संहितामा उल्लेख गरिएको यो विशेष कुराको बारेमा थाहा छ ? यदि छैन भने त्यसको बारेमा हामी तपाईलाई जानकारी दिनेछौँ ।

    भृगु संहिताका अनुसार कुण्डलीको पहिलो भावको स्थितिबाट भाग्योदयका बारेमा जानकारी पाउन सकिन्छ । केही गरी तपाईको भाग्य चम्किाहाल्यो भने पनि कुण्डलीले त्यसलाई लुकाउन सक्दैन । किनभने तपाईको राशी अनुसार पनि भाग्योदयको फल जान्न र थाहा पाउन सकिन्छ ।

    कुन राशिको भाग्य कति वर्षमा चम्किन्छ ?

    मेष राशि हुनेहरुका लागि १६, २२, २८, ३२ र ३६ वर्ष भाग्योदयको वर्ष मानिएको छ ।

    वृष राशि हुनेहरुका लागि २५, २८, ३६ र ४२ मा भाग्य चम्किने कुरा भृगु संहितामा उल्लेख छ ।

    मिथुन राशि हुनेहरुका लागि २२, ३२, ३५, ३६ र ४२ औँ वर्ष शुभ मानिन्छ ।

    कर्कट राशि हुनेहरुका लागि १६, २२, २४, २५, २८ र ३२ वर्षमा भाग्योदय हुने सम्भावना रहन्छ ।

    सिंह राशि हुनेहरुका लागि १६, २२, २४, २६, २८ र ३२ औँ वर्षहरु उत्तम मानिएका छन् ।

    कन्या राशि हुनेहरुका लागि १६, २२, २५, ३२, ३३, ३५ र ३६ औँ वर्षहरुमा भाग्योदय हुने योग देखिन्छ ।

    तुला राशि हुनेहरुका लागि २४ वर्षमा भाग्योदय हुन्छ । यदि २४ वर्षको उमेरमा नभए २५, ३२, ३३ र ३५ वर्षलाई शुभ मानिन्छ ।

    वृश्चिक राशि हुनेहरुका लागि २२, २४, २८ र ३२ औँ वर्ष अत्याधिक राम्रो मानिन्छ ।

    धनु राशि हुनेहरुका लागि १६, २२ वा ३२ औँ वर्षमा भाग्योदय हुने कुरा भृगु संहितामा पाइन्छ ।

    मकर राशि हुनेहरुका लागि २५, ३३, ३५ र ३६ वर्षमा भाग्योदय हुनसक्ने कुरा उल्लेख गरिएको छ ।

    कुम्भ राशि हुनेहरुका लागि २५, २८, ३७ वा ४२ वर्ष उत्तम मानिन्छ ।

    मीन राशि हुनेहरुका लागि १६, २२, २८ र ३३ वर्षमा भाग्योदय हुन सक्ने प्रवल सम्भावना रहन्छ ।

    एजेन्सीको सहयोगमा

सम्वन्धित समाचार

काठमाडौं, २१ फागुन । अभिनेता नाजिर हुसेनको व्यस्तता बढ्न थालेको छ । उनले नयाँ फिल्ममा अनुबन्धित भएका छन् …

काठमाडौं, २० फागुन । आर्थिक गरिबीसँग लडिरहेको इजिप्टको सरकारले आफ्ना प्रमुख सहरहरू एक एक गरेर बेच्न बाध्य…

टीकापुर (कैलाली), १७ फागुन : कैलालीको टीकापुर नगरपालिकाभरि सयभन्दा बढी कुटानी पिसानी र पेलानीको काम …

काठमाडौं, ८ फागुन । हामी सबैको लागि स्मार्टफोन क्यामेरा, क्याल्कुलेटर, फोटो एल्बम, रिमाइन्डर आदि जस्ता धेरै…