• फागुन २०, काठमाडौं । प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसदीय दलको नेता र पार्टीको साधारण सदस्यबाट निष्काशन गरेको संसद सचिवालयलाई जनाकारी गराएको छ ।

    बिहीबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पत्रसहित संसद सचिवालय पुगेर नेकपा संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङ, सांसदहरु सुरेन्द्र पाण्डे, पम्फा भुसाल, दीनानाथ शर्मा, जीवनराम श्रेष्ठले ओलीका काम कारबाहीलाई मान्यता नदिन आग्रह गरेका हुन् ।

    त्यस्तै नेकपाको बुधबार बसेको केन्द्रीय समिति बैठकले संसदीय दलका उपनेता सुवावा नेम्वाङ, सचेतक शान्ता चौधरी लगायतलाई गरिएको कारबाही बारे पनि संसद सचिवालयलाई जानकारी गराएको जनाइएको छ ।

    अध्यक्ष प्रचण्डद्वारा हस्ताक्षरित पत्रमा ओली पार्टीको सदस्य समेत नरहेका कारण दलको नेता पनि हुन नसक्ने जानकारी गराइएको छ।

    ‘उहाँ पार्टी सदस्य नै नरहनु भएको संसदीय दलको नेताका रुपमा रहन नसक्ने पार्टी संसदीय दल र सम्बन्धित सबैको ध्यान आकर्षित गराउन चाहन्छु’, संसद सचिवालयमा बुझाइउको प्रचण्डद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ, ‘केन्द्रीय कमिटीको बैठकले सदस्यताबाट समेत निश्कासित व्यक्तिले गरेको कुनै पनि निर्देशन र निर्णय बैध नठहरिने वस्तुतथ्य सम्बन्धित सबैलाई जानकारी गराउने फागुन १९ गते बसेको केन्द्रीय कमिटीले निर्णय गरेको छ।’

    हेर्नुस पत्र

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …