• एजेन्सी । एउटा विमानभित्र कसरी छिर्न सक्छ बिरालो ? उडिरहेको विमानमा बिरालोले पाइलटलाई आक्रमण गरेपछि विमानको आकस्मिक अवतरण गर्नुपरेको छ ।

    जानकारीअनुसार विमान उडिसक्दा त्यो बिरालो ककपिटमै थियो । बिरालोले अनियन्त्रित भएर पाइलटमाथि नै आक्रमण गरेपछि विमानको आकस्मिक अवतरण गराउनुपरेको हो । सुडानको राजधानी खार्तुमबाट उडेको विमान कतारको दोहा जाँदै थियो । तर बिरालोले आक्रमण गरेपछि पाइलटले सुडानको राजधानी शहर खार्तुम नै फर्कने निर्णय गरे । स्थानीय मिडिया रिपोर्टहरूमा जनाइएअनुसार उक्त जनावर ‘आक्रामक र रिसाहा’ थियो र विमान उड्नुभन्दा पहिले कुनै तरिकाले विमानभित्र पसेको अनुमान गरिएको छ । स्थानीय अखबार अल सुडानीलाई उद्धृत गर्दै मेट्रोले जनाएअनुसार बिरालोलाई शान्त राख्न कैयौं प्रयास गरिएको थियो तर बिरालोले त्यसको प्रतिरोध गरिरह्यो र पाइलटलाई नै आक्रमण गर्यो । यो सुडानी टार्को उडान गत बुधबार खारतुम अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको थियो र घटना हुँदासम्म करिब ३० मिनेटसम्म हावामा उडिसकेको थियो ।


    विमानभित्र आतंकको स्थिति भएपछि अन्ततः पाइलटले विमान फर्काउने निर्णय गर्नुपर्यो । विमानको सरसफाइको क्रममा वा विमानको इन्जिनियरिङको जाँचको क्रममा बिरालो विमानभित्र पसेको र बिरालो पस्दै गरेको कसैले नदेखेको अनुमान गरिएको छ यद्यपि यो कुराको पुष्टि हुन सकेको छैन । विमानलाई अघिल्लो रात विमानस्थलको ह्याङगरमा पार्क गरेर राखिएको बताइएको छ ।

सम्वन्धित समाचार

विदेश न्युयाेर्क, ६ चैत  । भारतका अन्वेषकले पहिलो पटक एसियाली हात्तीहरूले पनि मरेका अाफ्ना छावा कसर…

मोरङ । नेकपा (एमाले) मोरङ स्थित पथरीशनिश्चरे नगरपालिका १ नं. वडा पार्टीको अध्यक्षमा अहिले निर्वाचन भइरहेक…

लण्डन, १५ मंसिर भूपू गोर्खाहरुको मागलाई सम्बोधन गर्न बेलायत–नेपाल सरकार र आन्दोलनरत भूपूगोर्खाबीचक…

गैरआवासीय नेपाली संघ (एनआरएनए)ले संघका महासचिव गौरीराज जोशीकी आमा भूपकुमारी जोशीको स्मृतिमा श्रद्धाञ्जल…