• प्रवीण बास्तोला रहस्यमय मृत्यु प्रकरणमा फितलाे अनुसन्धान गरेको भन्दै प्रहरी निरीक्षक उद्धव पाेखरेल जिल्ला प्रहरी कार्यालय माेरङ तानिएका छन्। उर्लाबारीका ३२ वर्षीय युवा बास्ताेलाको मृत्त शरीर पुस ५ मा फेला परेको थियो।


    शंकास्पद मृत्यु भएका व्यक्तिको मिसिलमा अर्कैको फोटो राखेपछि प्रहरी निरीक्षक उद्धव पोखरेल  विवादमा मुछिएका थिए।

    शुक्रबार इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक परिवर्तन गर्दै पोखरेललाई जिल्ला तानेको हो। उनको ठाउँमा जिल्लाबाट कुन्दन देव पठाइएका छन्। 

    प्रवीण प्रकरणको अनुसन्धानमा लापरबाही गरेको, पीडितलाई घटनाबारे बुझ्न आउँदा हप्कीदप्की गरेको भन्दै स्थानीय बिरोधमा उत्रिएका थिए।


    प्रहरी निरीक्षक पोखरेललाई बयानका लागि जिल्ला बोलाइएको प्रहरी उपरीक्षक सन्तोष खड्काले बिएल नेपाली सेवालाई जानकारी दिए। ‘बास्तोला मृत्यु प्रकरणमा पोखरेलको दोष देखियो भने कारबाही हुन्छ,’ प्रहरी उपरीक्षक खड्काले बताए।

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …