• नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले सर्वोच्च अदालतको फैसलाले ‘प्रचण्डजी माओवादीकेन्द्रको संसदीय दलको नेता’ भएको भन्दै व्यंग्य गरेका छन्। 

    सर्वोच्च अदालतको फैसलालगत्तै संक्षिप्त प्रतिक्रिया जनाउँदै नेम्वाङले व्यंग्य गरे, ‘प्रचण्डजीको दाबी संसदीय दलको नेता हो क्यारे ! अब भइहाल्नुभो नि, उहाँको पार्टीको संसदीय दलको नेता।’

    नेम्वाङले साविक एमाले र माओवादी केन्द्रबीचको एकता नै उक्त फैसलाले खारेज गरेकोतर्फ संकेत गरे।

    ‘नेकपा नै अर्कैको पार्टी भएपछि एमाले र माओवादी पार्टीको  एकता नै अवैधानिक हुन्छ’, उनले भने, ‘यसले निर्वाचन आयोगको फैसला पनि खारेज गर्‍यो । प्रचण्ड उहाँको दाबी अनुसार नै स्वतः माओवादी संसदीय दलको नेता हुनुभो।’


    सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ऋषि कट्टेलको हुने फैसला सुनाएको छ।

    फैसलासँगै ०७५ जेठ ३ मा भएको एमाले–माओवादी एकीकरण भङ्ग भएको छ।

    न्यायाधीशद्वय कुमार रेग्मी र बमकुमार श्रेष्ठको संयुक्त इजलासले कट्टेलको रिट निवेदन बमोजिम नेकपाको आधिकारिकता उनलाई दिएको हो।

    यो फैसलासँगै अब केपी शर्मा अ‍ोली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ अध्यक्ष रहेको नेकपाको आधिकारिकता खारेज भएको छ।
    नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को नाम विवादबारे सर्वाेच्च अदालतले आफ्नो पक्षमा निर्णय सुनाएसँगै ऋषि कट्टेलले ‘जे हुनुपर्ने थियो, त्यही भएको प्रतिक्रिया दिएका छन्। 

    सर्वाेच्चको निर्णय आए लगत्तै कट्टेलले निर्वाचन आयोगले न्याय गरेको बताए।

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिका १ नं. वडा कार्यालयले पूर्ब जनप्रतिनिधि, खेलाडी, कलाकार र सञ्चारकर्मी…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिका १ नं. वडा कार्यालयद्वारा रातोकलम अनलाइनको प्रधान सम्पादक अर्जुन जम्ने…

मोरङ । लिम्बू समुदायमा धार्मिक÷सांस्कृतिक कार्य गर्ने उदेश्य राखेर युमा साम्यो नेपाल नामको नयाँ संस्…

मोरङ । मोरङको पथरशिनिश्चरे—१ बजारमा यलम्बरमो मूर्ति आज (सोमबार) कार्यक्रमवीच अनावरण भएको छ । …