• तेह्रथम, २७ फागुन । नेकपा एमालेको केन्द्रीय सदस्य, पूर्वउद्योगमन्त्री तथा भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधिसभाका सांसद महेश बस्नेतले आगामी निर्वाचनमा नेकपा माओवादी केन्द्रको अस्थित्व नै समाप्त हुने दावी गर्नुभएको छ ।


    राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी तेह्रथुमको घोषणा सभा तथा सपथ ग्रहण कार्यक्रममा आज बोल्दै सांसद बस्नेतले नेपालको कम्युनिष्ट आन्दोलनलाई गंभिर समिक्षा गरी अगाडी बढ्नुपर्ने ठाउँमा पुगेको उल्लेख गर्नुभयो । उहाँले अबको निर्वाचनपछि माओवादी गुगलमा भेटिने तर भुगोलमा नभेटीने दावी समेत गर्नुभयो ।


    प्रचण्डले नेतृत्व गरेको माओवादीले २०६४ सालमा २४० प्रत्यक्ष सिट मध्ये १२० सिट जित्न सफल भएको तर ७४ मा आइपुग्दा घटेर ३६ सिटमा आइपुगेको त्यो ३६ सिट र समानुपातीक १७ गरी ५३ सिट पनि केपी ओलीको बैशाखी टेकेर प्रचण्डले प्राप्त गरेको सविस्तार प्रस्तुत गर्दै संघका इन्चार्ज समेत रहनुभएका सांसद बस्नेतले प्रधानमन्त्री ओलीकै कारण २०७४ सालमा एमालेले १२१ सिट जित्न सफल भएको बताउनुभयो । प्रधानमन्त्री ओलीको नेतृत्वकै कारण प्रचण्डले एमालेलाई लुट्ने योजना असफल भएको भएको दावी गर्दै सांसद बस्नेतले प्रचण्डको पार्टी अध्यारो युगमा प्रवेश गर्ने तथा ओलीको पार्टी उज्यालो दिप भएर युग परिवर्तनमा अगाडी बढ्ने बताउनुभयो ।


    माओवादीले काटमार तथा हत्या हिंसाको माध्यमबाट मात्र समाज परिवर्तन गर्न सकिन्छ भन्ने मान्यताका साथ आफ्नो सिद्धान्त अंगालेकोले त्यसैलाई जनयुद्धको नामाकरण गरेको स्मरण गर्दै सांसद बस्नेतले एमालेले शान्तिपूर्ण जनक्रान्तिको माध्यबाट समाज परिवर्तन गर्न सकिने सिद्धान्त अवलम्बन गरेको बताउनुभयो । सत्ता बन्दुको नालबाट नभई जनताको मतबाट प्राप्त गर्ने एमालेको सिद्धान्तर रहेको बताउँदै उहाँले सरकार बनाइसकेपछि प्रगतिशिल बाटोमा अगाडी बढाउनुपर्नेमा जोड दिनुभयो ।


    मनमोहन अधिकारीले आफ्नो गाउँ आफै बनाउँ, बृद्धभक्ता कार्यक्रम, असहाय भक्ता कार्यक्रमलगायतका असंख्य जनमूखी तथा लोकप्रिय कार्यक्रम ल्याएको उल्लेख गर्दै उहाँले मनमोहनकै पालाको कार्यक्रमलाई पच्छ्याउँदै प्रधामनन्त्री केपी ओलीले सडक, शिक्षा, स्वास्थ्य, सुरुङ युग, रेल युग, ३९६ वटा अस्पतालहरु एकै दिन शिलान्यास भएको, धरहरा निर्माण, मेलम्चीको खानेपानी काठमाडौँमा आएको, दुई दर्जनभन्दा बढी सुरुङहरु निर्माणको क्रममा रहेको, सिके राउत, विल्पव जस्तालाई राज्यको मुल धारमा ल्याई शान्ति स्थापनालगायतका असंख्य कामहरु भइरहेको जानकारी गराउनुभयो ।

    प्रधामनन्त्री ओलीको नेतृत्ले नेपाललाई विकससित मुलुकमा स्तरउन्नती गराउन सफल भएको बताउँदै पूर्वउद्योगमन्त्री समेत रहनुभएका सांसद बस्नेतले माआवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लडाकु समायोजनका नाममा गरिको करिव ३० अर्व भन्दा बढी घोटला गरेको बताउनुभयो । उक्त रकमको सहि जवाफ दिन नसके प्रचण्ड जेलको कालो कोठरीमा जानुपर्ने निश्चित रहेको समेत उहाँले प्रष्ट पार्नुभयो ।

    एमाले मान्छे तर माओवादी बनमान्छे भएको स्पष्ट पार्दै सांसद बस्नेतले माओवादीको उग्रवाद तथा फासिवादको विरुद्ध युवा संघ हिजो पनि लडेको र आगामी दिनमा पनि निरत्नर लडिरहने दृढता व्यक्त गर्नुभयो । प्रधानमन्त्री ओलीको नेतृत्व र व्यक्तित्व देखेर केही व्यक्तिहरुले अनावश्यक आरोप लगाएकोमा आम नागरिक सचेत हुनुपर्नेमा जोड दिँदै उहाँले प्रधानमन्त्री ओली प्रतिगामी नभई अग्रगामी नेताको रुपमा विश्वको माझ परिचित भइसक्नुभएको बताउनुभयो ।

    प्रचण्डले संघिय सरकारमा प्रधानमन्त्री ओलीलाई दिएको विश्वासको मत फिर्ता लिएमा माओवादी केन्द्रको तर्फबाट मुख्यमन्त्री भएका सुदुरपश्चिम तथा कर्णाली प्रदेशका मुख्यमन्त्री पनि तत्काल हट्ने बताउनुभयो ।

    माधव नेपाल समूहले अबका दिनमा गुटको कार्यक्रम गर्दै नहिड्न आग्रह गर्दै नेता बस्नेतले गुटको गतिविधि गरुन्जेलसम्म माधव समूहलाई स्वीकार्न नसक्ने समेत स्पष्ट पार्नुभयो । विगतमा गरेका गल्तीलाई माधव समूहले स्वीकार्नु पर्नेमा जोड दिँदै सांसद बस्नेतले कुनै ठाउँमा जाने बस छुट्ने नभई उक्त स्थानमा जाने मान्छे नै छुट्ने भएकाले नियमित रुपमा सम्पर्क तथा गुटवन्दी विहिन रुपमा संगठित भए अगाडी बढ्नुपर्नेमा जोड दिनुभयो ।

    अबको कम्युनिष्ट पार्टीले संगठन निर्माण, सुदृढ, सचेतना विस्तार विचारधारको रुपमा सर्वहारा वर्गलाई गोलबन्दै गर्दै क्रान्तिको निम्ती संगठित शक्तिको रुपमा आत्मसात गरि अगाडी बढ्दै एमालेले जनताको बहुदलीय जनवादलाई आफ्नो मार्गदर्शन सिद्धान्तको रुपमा लिएको समेत जानकारी गराउनुभयो ।

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरेमा प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल गोल्डकप प्रतियोगिता हुने भएको छ ।  पथ…

निर्वाचन भनेको ढाँटेर भोट बटुल्ने बिजय जुलुस सकिएपछि भरिकस गाउँ फर्केर नआउने परम्परा छ इलाम—२ मा …

इलाम । इलाम—२ को उपनिर्वाचनको साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिमको चुनाव चिन्ह मुढाको प्रचारप्र…

इलाम । मुढा चुनाव चिन्ह लिएका इलाम—२, उपनिर्वाचनको साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको…