• मोरङ । किरात राई यायोक्खा मोरङले राष्ट्रिय जनगणना सम्बन्धी अभियान जारी राखेको छ । 


    राष्ट्रिय तथ्याङ्क विभागले २०७७ जेष्ट २५ देखि असार ८ गतेसम्म १२ औ राष्ट्रिय जनगणना गर्दैछ । उक्त गणनामा यायोक्खाले राई समुदायलाई जातिको महलमा राई, मातृ भाषा र पूर्खाको भाषाको महलमा थरगत भाषा, दोस्रो भाषाको महलमा नजिकको राई समुदायकै भाषा र धर्मको महलमा किरात लेख्न, लेखाउन अभियान सञ्चालन गरिरहेको छ । 


    किरात राई जातिको २०५८ भन्दा २०६८ को गणनामा १५ हजार १४७ जनसंख्या घटेको थियो । एक प्रतिशत भन्दा बढी जनसंख्या बढेको बेला राईको संख्या भने घटेको देखाइएको थियो । नेपालमा बोलिन्दै नबोलिने राई भाषा एक लाख भन्दा बढीको तथ्याङ्क रहेको थियो । आउने जनगणनामा राई समुदायको जाति, भाषा र धर्म बारे सहि तथ्याङ्क आओस भन्ने उदेश्यले यायोक्खाले पर्चा, पम्प्लेट, निप्सुङ, अडियो, भिडियो, भत्ते लेखनको साथै महासचिव जनक राईको संयोजकत्वमा जनगणना अभियान समिति गठन भएको छ । 


    जिल्लाहरुमा यायोक्खा जिल्ला अध्यक्षको संयोजकत्व र नगर, गाउँपालिका तथा वडा वडासम्म अभियान उपसमिति गठन भएको छ । यसै क्रममा मोरङको उर्लाबारीमा चैत्र १ गते र चैत्र ५ गते सुनबर्षी नगरपालिकामा जनगणना सम्बन्धी प्रशिक्षण समापन भएको छ ।  प्रशिक्षणमा केन्द्रीय प्रचार विभाग प्रमख समेत रहेका सचिव अर्जुन जम्नेली राई, केन्द्रीय सदस्य मोरङ जिल्ला इन्चार्ज नवीन राई, मोरङ जिल्ला अध्यक्ष नरहाङ राई, उपाध्यक्ष प्रेम राई, सचिव केदार राईले प्रशिक्षण दिएका थिए । 


    उर्लाबारीमा मानबहादुर राईको अध्यक्षमा २५ सदस्यीय र सुनबर्षी नगरमा बीरबहादुर राईको संयोजकत्वमा २३ सदस्यीय नगर अभियान उपसमिति गठन भएको छ । यायोक्खा मोरङले जिल्लामा एक महिने अभियान घोषणा गरेको छ । 


     

सम्वन्धित समाचार

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…

 सल्लेरी (सोलुखुम्बु), १८ फागुन : जलवायु परिवर्तनका कारण हिमाल पग्लिएको र यसले स्थानीय समुदायमा पार…