• सामान्यताः धेरैजसो व्यक्तिहरु चियाको सौखिन हुन्छन् । थकावट कम गर्न चिया पिउने गरिन्छ । धेरै जसो व्यक्तिहरु चियामा दूध र चियापत्ती हालेर पिउने गर्छन् । तर, यस्तो चियाको पिउँदा एसिडिटी, ग्यास जस्ता समस्याहरु आउँछन् । दैनिक चिया पिउनेहरुका लागि सुन्तलाको बोक्राको चिया पिउने गर्नुपर्छ । यो चिया स्वादमा मिठो हुने मात्र होइन स्वास्थ्यका लागि पनि फाइदाजनक छ । 


    आवश्यक सामाग्री :
    सुन्तलाको बोक्रा – 1/2 
    पानी – 1/2 कप 
    गुड - स्वादअनुसार 
    ल्वागं - २ देखि ३ वटा 
    अलैँची - १ देखि २ 
    दालचिनी - १ देखि २ इन्च टुक्रा 


    चिया बनाउने विधि :
    १. सबैभन्दा पहिले सुन्तलाको बोक्रा धुने 
    २. गुडबाहेक सबै सामाग्री चिया पकाउने भाँडोमा हाल्ने 
    ३. २ देखि ३ मिनेटसम्म उमाल्ने 
    ४.पानीको रगं परिवर्तन नहुँदासम्म  पानी तताउने र बाहिर निकाल्ने 
    ५. त्यसलाई कपमा हालेर गुड हालेर पिउने 


    फाइदाः
    सुन्तलाको बोक्रामा एन्टिअक्सिडेन्ट, एन्टिभाइरल, एन्टिक्यान्सर जस्ता गुणहरु पाइन्छन् । यसको सेवनले क्यान्सरको समस्याबाट बचाउँछ । यसका साथै यसले मधुमेह पनि नियन्त्रण गर्छ । यसले मधुमेहको बिरामीको शरीरमा चिनीको मात्रा नियन्त्रण गर्छ । 


    यस्तै, यसले मेटाबोलिज्म बढाएर शरीरमा अनावश्यक बोसो लाग्न दिँदैन । 

सम्वन्धित समाचार

 आजदेखि माध्यमिक शिक्षा परीक्षा (एसइई) को परीक्षा शुरु हुदै छ ।  चैत १५ देखि २७ गतेसम्म सञ्चालन…

मोरङ । पुरस्कार वितरण, सम्मान तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरी आज मोरङको पथरीशनिश्चरे—२ मा रहे…

टक्सार (भोजपुर), ९ मङ्सिर : भोजपुर नगरपालिका उपप्रमुख निर्मला शेर्पाले बैठकभत्ताबापत प्राप्त रकमबाट २९ जना …

 खाँदबारी, २१ भदौ : भारत सरकारको सहयोगमा निर्मित सङ्खुवासभाको खाँदबारी नगरपालिकास्थित हिमालय किरण…