• काठमाडौं- प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदीय दलको बैठकमा सहभागी हुन बालुवाटार पुगेका उपाध्यक्ष वामदेव गौतमलाई स्वागत गरेका छन्।

    शनिवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकलाई सम्बोधन गर्दै ओलीले गौतमलाई एकताको पक्षमा नलाग्न आग्रह गरेका छन्। वरिष्ठ नेता झलनाथ खनाल र नेता माधवकुमार नेपाल पक्षले एकता नचाहेको उल्लेख गर्दै उनले एकताको पक्षमा लागेर उपलब्धि नहुने धारणा राखेका हुन्।

    ओलीको भनाइ उल्लेख गर्दै एक सांसदले भने, ‘तपाई एकता एकता भन्दै हिँड्नु भएको छ। एकता कसले नचाहेको छ बुझ्नु भयो होला नि अब पनि यसै भन्नु हुन्छ कि छाड्नु हुन्छ ?’

    उनले खनाल–नेपाल समूहले चैत ४ र ५ गते गरेको राष्ट्रिय कार्यकर्ता भेलाको पनि चर्को आलोचना गरे । खनाल-नेपाल समूह एमालेमा बस्न नचाहेको टिप्पणी गर्दै प्रधानमन्त्री ओलीले गुटगत भेलाका अगुवाकर्ताहरुलाई कारबाही गरेर जानुको विकल्प नभएको बताएका छन् । बैठकमा उनले भने,  ‘भेलाका अगुवाहरुलाई कारबाही गरेर जानुको विकल्प छैन । त्यसका लागि विधि र पद्धति बनाइन्छ, ‘भोलि विधि पुगेन भनेर विरोध नहोस् भनेर हामी सचेत छौं । ढुक्क हुनुस्, पार्टीभित्र गुटगत काम गर्नेलाई कारबाही हुन्छ ।’

    नेकपा एमालेले विधान संशोधन प्रस्ताव केन्द्रीय समितिमा लैजाने भएको छ। केन्द्रीय समितिको बैठक आजै बस्दैछ।

    यसअघि गौतम तटस्थ रहँदै आएका थिए । एमाले एकता महाअभियानका नेतृत्व गौतम बैठकमा सहभागी भएका हुन् । संसद विघटन भएयता गौतम तत्कालीन नेकपा र हालको ‘डबल’ एमालेको कुनै भेलामा सहभागी थिएनन् ।

    गौतम पत्नी तुलसा भने यसअघि बसेकै संसदीय दलको बैठकमा सहभागी भइसकेका छनन् । आजको बैठक विपक्षी एमालेले भने बहिष्कार गरेको छ ।

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा रहेका विद्यार्थी संख्या कम भएको १३ वटा विद्यालयहरुलाई कक्षा घटुवाहुने पत्…

मोरङ । नेकपा (माओवादी केन्द्र) संबद्ध आदिबासी÷जनजाति संयुक्त मोर्चा नेपालको केन्द्रीय अध्यक्ष शुरेस आ…

मोरङ । माओवादी केन्द्र निकट आदिबासी÷जनजाति संयुक्त मोर्चा नेपालको प्रदेश स्तरीय प्रशिक्षण हुने …

मोरङ । ताप्लेजुङको मुकुमलुङ पछिल्लो समयमा माथीभाराबाट परिचित माङहिम÷मन्दीरमा बार्षिक अरबौ कमाउने…