• काठमाडौं, चैत्र १३

    प्रधानमन्त्री एंव एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाल र भिम रावलले दिएको स्पष्टिकरण कारवाहीको भागिदारी भएको बताउनु भएको छ । उहाले विधानअनुसार कारवाही प्रक्रिया अगाडी बढ्ने र केन्द्रीय कमिटीले त्यसको अन्तिम निर्णय लिने बताउनु भएको हो ।

    अधिकाशं सांसद उपस्थित संसदीय दलको बैठकमा प्रधानमन्त्री ओलीले आएका दुई वटा स्पष्टिकरण अत्यन्त नकरात्मक रहेको त्यो कारवाहीको भागिदार रहेको बताउनु भएको छ । ‘केन्द्रिय कमिटीको औपचारिक बैठक गरेर चार जना नेतालाई स्पष्टिकरण सोधेका हौं, पार्टीमा विधान विपरित काम गर्ने र सडकहरुमा बसेर पार्टी अध्यक्षलाई हटाउने, दलको नेतालाई सम्म हटाउने काम तपाईहरुले गर्नुभयो ।

    हामीले त कम्तीमा त्यत्ति त गरिनौं नि !’, उहाको भनाई उदृत गर्दै प्रमुख सचेतक विशाल भट्टराईले भन्नुभयो, ‘दुई जनाको स्पष्टिकरण आएको छ, त्यो चाँही अत्यन्त नकरात्मक छ । त्यो कारवाहीको भागिदार छ । बाँकी दुई जनाको त्यो कोणबाट नभई पार्टीलाई एकताबद्ध बनाउने आउने अपेक्षा गरेको छु, दुईवटा आएका स्पष्टिकरण चाँही कारवाहीका भागिदार हुन्छन् । कारबाही के हुन्छ भन्ने कुराचाँही केन्द्रीय कमिटीको आगामी बैठकले निर्धारण गर्छ ।’

    को को दुई जना कारबाहीको भागिदार हुन्छन् त ? भन्ने प्रश्नमा प्रमुख सचेतक भट्टराईले भन्नुभयो, ‘हाम्रो पार्टीका तत्कालिन वरिष्ठ नेता माधवकुमार नेपाल र तत्कालिन उपाध्यक्ष भिम रावलको स्पष्टिकरण आएको छ, त्यही स्पष्टिकरणमाथी प्रधानमन्त्री ज्यूले टिप्पणी गर्नुभएको हो ।’

सम्वन्धित समाचार

विराटनगर ।  कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई एमालेले मार्ग प्रशस्त गर्न एमालेले आग्रह गरेको छ …

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार बनाउन दाबि गर्ने समय आज सकिदै छ । प्रदेश प्रमुख नजिर मियाँले चैत…

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । प्रतिनिधिसभाको बैठक…

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जनप्रदर्शनमा झडप भएको छ । भृकुटीमण्डपबाट शुरु भएको रा…