• काठमाडौं – नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग असन्तुष्ट रहेर पानी बाराबारको अवस्थामा पुगेका नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल र झलनाथ खनाल पक्षका सांसदहरु ओलीले बोलाएको संसदीय दलको बैठकमा सहभागी भएका छन् । बैठकमा नेपाल र अर्का नेता भीम रावल सहभागी नभएपनि खनाल सहितका सांसद भने बैठकमा भाग लिन प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । नेपाल स्थित चिनियाँ राजदुत होउ यान्छीले एमालेको विबाद सुल्झाउन सक्रियता देखाएपछि नेपाल – खनाल समूह ओलीसंग लचिलो भएको बताइएको छ ।

    एमालेमा नेपाल–खनाल र ओली पक्षबीच आन्तरिक कलह चर्किएर पार्टी फुट्ने होकि भन्ने आशंका गरिएका बेला यान्छीले सक्रियता बढाएकी हुन् । उनले एमालेका दुबै पक्षका नेताहरुसँग केहि दिनदेखि भेटघाट तीव्र पारेकी थिईन् ।

    संसदीय दलको बैठकमा एमालेका दुवै पक्षका सांसदहरुको सहभागिता थियो । एमालेमा घर झगडा चर्किदै जाँदा सांसदहरु दुइ पक्षमा विभाजित भएका छन् ।

    को – को छन् त नेपाल–खनाल र ओली पक्षका सांसदहरु ?

    माधव नेपाल– झलनाथ खनाल पक्षका सांसदहरु

    १.माधवकुमार नेपाल २.झलनाथ खनाल ३.घनश्याम भुसाल ४.योगेश भट्टराई ५.राजबहादुर बुढा क्षेत्री ६. पार्वतीकुमारी विशुन्खे ७.ध्रुवकुमार शाही ८.जीवनराम श्रेष्ठ ९.गणेशकुमार पहाडी १०.सरलाकुमारी यादव ११. कृष्णलाल महर्जन १२.मायादेवी न्यौपाने १३.विरोध खतिवडा १४. रामकुमारी झाँक्री १५.कल्याणीकुमारी खड्का १६. यज्ञराज सुनुवार १७.मेटमणि चौधरी १८. जयकुमार राई १९. हिराचन्द्र केसी २०.भवानीप्रसाद खापुङ
    २१. लक्ष्मीकुमारी चौधरी २२. झपट रावल २३. निरादेवी जैरु २४.डा. दीपक प्रकाश भट्ट
    २५.कलिला खातुन २६. सोमप्रसाद पाण्डे २७. बिनादेवी बुढाथोकी २८.डा.भीमबहादुर रावल
    २९.मुकुन्द न्यौपाने ३०. पवित्रा निरौला ३१. गोकर्ण विष्ट ३२.सुरेन्द्र प्रसाद पाण्डे ३३.पुष्पा कुमारी कर्ण ३४.ध्रुव कुमार शाही ।
    ओली पक्षका सांसदहरु
    १.केपि शर्मा ओलि २.इश्वर पोखरेल ३.विष्णु पौडेल ४.सुवास चन्द्र नेम्वाङ ५.बसन्त कुमार नेम्वाङ ६.लाल प्रसाद सावा ७.राजेन्द्र गौतम ८.राजेन्द्र राई ९.घनश्याम खतिवडा १०.भानुभक्त ढकाल ११.बिशाल भट्टराई १२.लिला नाथ श्रेष्ठ १३.रघुवीर महासेठ १४.पार्वत गुरुङ १५.भुमि प्रसाद त्रिपाठी १६.खेम प्रसाद लोहनी १७.कृष्ण बहादुर राई १८.कृष्ण गोपाल श्रेष्ठ १९.महेश बस्नेत २०.नवराज सिलवाल २१.गोकुल बास्कोटा २२.कृष्ण प्रसाद दाहाल २३.पाल्देन छोपाड गुरुङ २४.खगराज अधिकारी २५.विद्या भट्टराई २६.जगत बहादुर सुनार २७.कृष्ण कुमार श्रेष्ठ २८.केदार सिग्देल २९.नारायण प्रसाद मरासीनी ३०.पद्मा कुमारी अर्याल ३१.तिलक बहादुर महत ३२.प्रेम प्रसाद तुलाचन ३३.भुपेन्द्र बहादुर थापा ३४.सुर्य प्रसाद पाठक ३५.पदम गिरि ३६.प्रदिप ज्ञवाली ३७.छविलाल विश्वकार्मा ३८.दलबाहादुर राना ३९.बृजेष कुमार गुप्ता ४०.नन्दलाल रोक्का क्षेत्री ४१.हृदेश त्रिपाठि ४२.रविन्द्रराज शर्मा ४३.नवराज राउत ४४.लाल बहादुर थापा ४५.प्रेम आले ४६.नारदमुनि राना ४७.गणेश सिंह ठगुन्ना ४८.दामोदर भण्डारी ४९.नर बहादुर धामी ५०.भैरव बहादुर सिंह ५१.विजय सुब्बा ५२.मोहन बानिया ५३.मोतिलाल दुगड ५४.थम माया थापा ५५.डा. शिवमाया तुम्बाहाम्फे ५६.सुजिता साक्य ५७.विना श्रेष्ठ ५८.नविना लामा ५९.शान्तिमाया पाख्रिन ६०.कुमारी मेचे ६१.राधा कुमारी ज्ञवाली ६२.विन्दा पाण्डे ६३.गोमा देवकोटा ६४.निरुदेवी पाल ६५.मनकुमारी जिसि ६६.विष्णु शर्मा ६७.सरिता न्यौपाने ६८.मैना कुमारी भण्डारी ६९.तीर्था गौतम ७०.शान्ता चौधरी ७१.विमला विश्वकर्मा (बर्दिया) ७२.आशाकुमारी विक ७३.जुलि कुमारी महतो ७४.रेखा कुमारी झा ७५.सरीता कुमारी गिरी ७६.टोप बहादुर रायामाझि ७७.लेख राज भट्ट ७८.प्रभु साह ७९.गौरी शंकर चौधरी ८०.शेर बहादुर तामाङ ८१.यज्ञ बोगटी ८२.रामवीर मान्नधर ८३.धन बहादुर बुढा ८४. गोपाल बम ८५. बिमला बि.क. (झापा) ८६. कृष्णभक्त पोखरेल,८७.समिमा हुसेन ८८. गंगा चौधरी ८९.माया ज्ञावली ९०. लाल बाबू पंडित ९१. तुलसा थापा ।

    एमालेका उपाध्यक्ष वामदेव गौतम भने खुलेर कुनै समूहमा लागेका छैनन् । उनी तटस्थ छन्।

    (यहाँ प्रस्तुत दुवै पक्षका सांसदहरुको नामावली श्रोतबाट प्राप्त विवरण अनुसार उल्लेख गरिएको हो।-सम्पादक)

     

सम्वन्धित समाचार

विराटनगर ।  कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई एमालेले मार्ग प्रशस्त गर्न एमालेले आग्रह गरेको छ …

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार बनाउन दाबि गर्ने समय आज सकिदै छ । प्रदेश प्रमुख नजिर मियाँले चैत…

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । प्रतिनिधिसभाको बैठक…

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जनप्रदर्शनमा झडप भएको छ । भृकुटीमण्डपबाट शुरु भएको रा…