• काठमाडौं । एमाले संसदीय दलको बैठकबाट बाहिरिने क्रममा माधव गुटका नेता योगेश भट्टराईको अनुहार उज्यालो देखियो ।

    सर्वोच्च अदालतले एमाले ब्युँताइदिएपछि सम्भवत: योगेश भट्टराई खुलेर हाँसेको आजै हो । बालुवाटारमा संसदीय बैठक सकिएपछि बाहिरिने क्रममा पत्रकारले प्रश्न सोधिरहँदा योगेशको अनुहार उज्यालो देखिन्थ्यो ।

    पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध लाग्नुभएका योगेशले पक्कैपनि बुझ्नुभयो आफ्नै मूलघर प्यारो हुन्छ । माधव गुटमा लागेर पश्चाप महशुस भएको पनि याेगेशको अनुहारमा प्रष्टै झल्कन्थ्यो । पार्टी र पार्टी अध्यक्षविरुद्ध लाग्नु भनेकाे आफ्नै राजनीतिक जीवन अप्ठेराेमा पार्नु हाे भन्ने पनि यागेशले बुझ्नुभएकाे उहाँकै अभिव्यक्तिले प्रष्ट पार्थ्याे ।

    अरुबेला भन्दा योगेश आज नरम रुपमा प्रस्तुत समेत हुनुभएको थियो । त्यसो एक त दुई दिन यता उहाँले सामाजिक सञ्जालमा पनि एमाले फुटन नहुने लेख्दै आउनुभएको थियो । यसकाे अर्थ केपी ओलीलाई हराउन खाेज्नु भनेकाे आफै हार्नु रहेकाे पनि याेगेशले बुझ्नुभयाे ।

    बैठकबारे बताउँदै योगेशले पाँच वर्ष केपी शर्मा ओली नै प्रधानमन्त्री हुनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो – ‘जनताले पाँच वर्ष नै केपी ओलीले नेतृत्व गर्नुपर्ने जनताको चाहाना छ, त्यसैले उहाँकै नेतृत्वमा सरकारले पुरै कार्यकाल काम गर्नुपर्छ ।’ सरकारको स्थायीत्व जनताले खोजेकाले आफू पनि त्यसकै पक्षमा रहेको योगेशले बताउनुभयो । एमालेलाई मिलाएर लैजाने कदम प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीको भएको योगेशले पत्रकारसँग बताउनुभयो ।

    आफूहरुको अभिभावक प्रधानमन्त्री नै ओली नै भएकाले सबैलाई मिलाएर लैजान आग्रह गर्नुभयो । पार्टी २०७५ जेठ २ कै अवस्थामा फर्किनुपर्ने भन्दै उहाँले अब नयाँ ढंगले अघि बढ्नुपर्ने बताउनुभयो । नेकपा एमालेलाई सदैव पहिलो पार्टी बनाउन आफूहरु लाग्ने पनि भट्टराईले बताउनुभयो ।

सम्वन्धित समाचार

विराटनगर ।  कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई एमालेले मार्ग प्रशस्त गर्न एमालेले आग्रह गरेको छ …

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार बनाउन दाबि गर्ने समय आज सकिदै छ । प्रदेश प्रमुख नजिर मियाँले चैत…

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । प्रतिनिधिसभाको बैठक…

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जनप्रदर्शनमा झडप भएको छ । भृकुटीमण्डपबाट शुरु भएको रा…