• मोरङ । मोरङको पथरी शनिश्चरे शरणार्थी शिविरमा जारी प्रथम नगर स्तरीय फुटबल प्रतियोगितामा वडा नं. ३ सेमि फाइनलमा प्रवेश गरेको छ । 

    आज भएको खेलमा आयोजक भुटानी शरणार्थी शिविरको सी.वाई.सी. ‘ए’ लाई टाइब्रेकरमा १–४ गोल अन्तरले पराजित गर्दै वडा नं. ३ विजयी भएको हो । 
    खेल अवधिभर गोल रहित बरबारी भएपछि भएको टाइब्रेकरमा आयोजकको तर्फबाट काजी तामाङले गोल गरेका थिए । विक्रम गुरुङ र सुवास तामाङको प्रहार विपक्षी टिमका गोलरक्षक चेतन खतिवडाले रोकेका थिए । अर्का खेलाडि पुजन राईले गरेको प्रहार गोलपोष्टमा ठोक्किएर बाहिरिएको थियो । 

    वडा नं. ३ का तर्फबाट साराङ फागो, जुनियर साँवा र जहरमान चेम्जोङले गोल गरेका थिए । आज भएको खेलको म्यान अफ द म्याच विजयी टिमका प्रताप चेम्जोङ घोषित भए । भोलिको खेल वडा नं. १० र भुटानी शरणार्थी शिविर बेलडागी झापाको बी.आई.सीं ए बीच हुने आयोजक समितिको संयोजक कुमार राईले बताए ।
     

सम्वन्धित समाचार

काठमाडौं, २४ चैतसडक दुर्घटनामा गम्भिर घाइते कलाकार कोपिला थापाको उपचार खर्च जुटाउन नायिका रेखा थापाले …

 नेकपा एमाले बाराको जिल्ला कमिटीको पाँच जना पदाधिकारीका लागि ११ जनाको उम्मेदवारी परेको छ । अध्यक्ष…

पृथ्वीको सतह भन्दा ७०० किलोमिटर तल सबैभन्दा ठूलो महासागर अवस्थित रहेको वैज्ञानिकहरुले पत्ता लगाएका छन् । अ…

मोरङ । तिमिल्सिना इतिहास विगतदेखि वर्तमानसम्म पुस्तकका मोरङ पथरीशनिश्चरेका दीपेन्द्रराज तिम्सिनालाई सम्मानि …