• २४, विर्तामोड झापा / लिम्बुवानको चर्चित धार्मिस्थल मुकुम्लुङलाई चारैतिरबाट संरक्षण सम्बर्ध्दन गर्नको निमित्त झापामा मुकुम्लुङ् संयुक्त संघर्ष समिति गठन भएको छ ।

    सोमवार विर्तामोडस्थित चुम्लुङ्हिम्मा भएको भेलाले सो समिति गठन गरेको हो । कियाचु शाखा झापाको सहजीकरणमा किरात याक्थुङ् चुम्लुङ्का केन्द्रीय सदस्य पुर्ण हाङ्स्रोङ्को विशेष उपस्थितिमा सम्पन्न भेलाले कियाचु लिम्वुवान प्रदेश समिति सदस्य इक्साहाङ् चेम्जोङ्को संयोजकत्वमा तत्काल २३ सदस्यीय समिति गठन भएको छ  । (अन्य सदस्य आगामी बैठकमा थप्न सक्ने गरि)

    चेम्जोङ संयोजक रहेको समितिमा सह-संयोजक कियाचु राष्ट्रिय चुम्लुङ् सदस्य शिवकुमार मेन्याङ्वो, जिल्ला सदस्य शर्मिला अाङ्देम्बे र चन्द्रकला सुब्बा अाङ्देम्बे, सदस्य-सचिव वसन्त मेन्याङ्वो र अार्थिक संयोजकमा सुवेदार पदमप्रसाद हुक्पाचोङ्बाङ् रहेका छन् भने सदस्यहरूमा प्रेम सेर्मा, प्रताप निङ्लेकु दिनेश किराँती, पन्ना अाङ्बो, बसन्तराज सुब्बा, सागर साम्बा, दिलहाङ् सुब्बा, गंगा बेघा, चन्द्र इङ्नाम्, सानुसा लावती, श्याम जवेगु, बिक्रम वनेम, बिक्रम लिम्बू, इन्द्रकुमार इजम, विवेक मावो, मनकुमार पालुङ्वा र रूद्र तवेवुङ्  रहेका छन् । 

    त्यसैगरी समितिलाई सल्लाह सुझाव र अावश्यक सरसहयोग गर्नको निमित्त कियाचु केन्द्रीय सदस्य पुर्ण हाङ्स्रोङ्, कियाचु जिल्ला उपाध्यक्ष कालीबहादुर खेवाङ्, चन्द्र साँवा र भविराज तुम्सालाई सल्लाहकारमा भेलाले चयन गरेको छ । 

    मुकुम्लुङ् संयुक्त संघर्ष समिति गठनमा मुकुम्लुङ संयुक्त संघर्ष समितिका केन्द्रिय सल्लाहकार कुमार साम्योको सभापतित्वमा सम्पन्न भेलामा सल्लाहकारले मुकुम्लुङ संघर्षको सम्बन्धमा प्रष्ट पार्नुभएको थियो । 

    भेलामा कियाचु झापा अध्यक्ष सेसेहाङ् फियाकले भेलाको अौचित्य बारे प्रष्ट पार्दै सहजीकरण गरेको थियो भने भेलाको कार्यक्रम  कियाचु सचिव प्रेमचन्द्र लिम्बूले सञ्चालन गरेका थिए । 

    भेलाले संघर्ष समितिको विस्तार अावश्यकता अनुसार गर्दैजाने र झापामा अावश्यक्ता अनुसार इलाका संघर्ष समिति समेत गठन गर्दै जाने निर्णय गरेको कुरा चुम्लुङ् सचिव प्रेमचन्द्र लिम्बुले जनाएको छ ।


     

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीमा सुशिला कन्दङ्वा मेमोरियल पथरीशनिश्चरे चेस (बुद्धिचाल) च्याम्पियनसिप २०८२ सुरु भएको छ…

मोरङ । मोरङको पथरीमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो पथरीशनिश्चरे गोल्डकप—२०८२ को उपाधिको लागि आय…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपाकिाल १ स्थित कन्तुर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २४ औं वार्षिक सा…

मोरङ । लेखक, संकलक तथा खोजकर्ता दीपेन्द्रराज तिम्सिनाको १४ ओै पुस्तक ‘नेपालको बैङ्किङ इतिहास’…