• केही समयअघि हास्यकलाकार तथा निर्देशक दीपाश्री निरौला र अभिनेता सरोज खनालको फेसबुक एकाउन्ट ह्याक भएको थियो । एकाउन्ट ह्याक हुनु सामान्य कुरा हो तर ह्याकरले विभिन्न बहाना गर्दै कलाकारहरूको एकाउन्टमा जोडिएकाहरूसँग पैसा माग गरेको कुरा रोचक थियो ।


    अहिले सामाजिक सञ्जालमा यसैसम्बन्धी अर्को रोचक कुरा बाहिरिएको छ । साइबर ब्युरो अफ नेपालले पर्सा बहुदजरमाई नगरपालिका–५ बस्ने १४ वर्षीय बालकलाई कलाकारहरूको एकाउन्ट ह्याक गरेको अभियोगमा पक्राउ गरेको छ । अभिनेता खनाल र निर्देशक दीपाश्रीले दिएको उजुरीपछि प्रहरी फेसबुक ह्याक गर्ने व्यक्तिको खोजीमा लागेको थियो । खोजी गर्ने क्रममा प्रहरीले १४ वर्षीय बालकलाई पर्साबाट पक्राउ गरेको   हो ।

    जिल्ला अदालत काठमाडौँको पक्राउ अनुमतिपछि जिल्ला प्रहरी कार्यालय पर्साको सहयोगमा १४ वर्षीय बालकलाई पक्राउ गरेको प्रहरी वरिष्ठ उपरीक्षक नवीन्द अर्यालले जानकारी दिए । अहिले उनलाई अनुसन्धानका लागि टेकुमा राखिएको छ ।

सम्वन्धित समाचार

जनकपुर,मंसिर १३ गते । नागरिक संस्थामा सुशासन कायम गराउनका लागि युवाहरुको भुमिका महत्वपूर्ण रहेको एक …

राजेन्द्र महतो लहान पुस १२ गते।नेपाल पत्रकार महासंघ जिल्ला शाखा सिरहाको ११ औं सधारण सभा शनिबार सिरहाको…

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार आठ जना नयाँ मन्त्री र एक राज्यमन्त्री नियुक्त गरेका छन्। नयाँ मन्त्री ब…

धर्मेन्द्र कु. यादव महोत्तरी। महोत्तरीको मनरा सिस्वा नगरपालिकाको उपमेयर रमिता प्रधानको श्रीमान विनोद गाम…