• काठमाडौं, २५ चैत्र । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुृष्पकमल दाहाल प्रचण्ड प्रतिनिधि सभामा तेस्रो ठूलो दलका नेता हुन् । देशमा माओवादी जनयुद्ध उचाईमा पुगेयता भने उनी राजनीतिको मुख्य खेलाडीका रुपमा छन् ।


    प्रचण्डले नेपालको राजनीतिलाई नयाँ मोडमा लगेका छन् । देशमा गणतन्त्र स्थापनामा उनको मुख्य भूमिका रह्यो । शताब्दीऔंयताको राजसंस्थासहितको राजनीतिक प्रणालीलाई उल्टाएर गणतन्त्र स्थापनामा प्रचण्ड मुख्य खेलाडीमध्येका रहे ।

    माओवादी राजनीतिक मूलधारमा आएपछि प्रचण्ड सत्ताको वरिपरि छन् । उनी राजनीतिको केन्द्रमा पनि रहे । तर, प्रचण्डका यस्ता कमी कमजोरी छन् जसले उनलाई पछिल्लो समय चिप्लाइदिएको छ । उनी राजनीतिको केन्द्रबाट केही कुनामा पुगेका छन् ।


    प्रचण्डका कमजोरी

    १. रौसिइहाल्नेः प्रचण्ड कतिपय अवस्थामा रौसिइन्छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीले दंग पारेको समेत खुलाएका छन् । ओलीले तपाईँभन्दा भोटो बढी फटाएको छु, यसो गरौं न ? भन्दा लौ हुन्छ नि त भनेको अनुभव सुनाइसकेका छन् । लौ न त भइहाल्छ भन्दा भन्दै प्रचण्ड चिप्लिएका छन् । न विगतमा उनीसँग सत्ता आधा आधा कार्यकालको पालना भयो न त प्रचण्डसँगको सम्झौता कुनै पालना भयो ।

    २. विरोधीलाई नै अवसर दिनेः यो प्रचण्डको अर्को कमजोरी हो । प्रचण्डले आफ्नो कट्टर विरोधीलाई नै अवसर दिने र नजिक हुने स्वभाव देखाउने गरेका छन् । कुनैबेला प्रचण्डको चर्को विरोध गर्ने केपी शर्मा ओलीसँगै उनले एकताको हात बढाए । पार्टीभित्र पनि विरोधीका रुपमा परिचित थिए रामबहादुर थापा बादल । तर, उनले बादललाई नै अवसर दिए । असन्तुष्टहरुलाई नै अवसर दिने कार्यशैलीले उनलाई यसपटक चिप्लायो । बादल ओलीसँग गए । प्रभु साह देखि टोपबहादुर रायमाझी पनि अवसर पाउनेमा थिए । उनीहरु विगतमा प्रचण्ड विरोधी समूहमा थिए । दुवैले अवसर पनि पाए । तर, अप्ठ्यारो पर्दा प्रचण्डको साथ छाडे । प्रचण्डले उनीहरुलाई बिकाउ मालको संज्ञा दिएका छन् ।

    ३. विश्वास गरिहाल्नेः प्रचण्ड चाँडै कसैलाई विश्वास गर्छन् । उनले पार्टीभित्र र बाहिर धेरै विश्वास गर्दा घात व्यहोर्नुपरेको छ । प्रचण्डले विश्वास गरेर मन्त्री बनाएकाहरुले नै साथ छाडे । अहिले उनीहरुमध्ये कोही प्रचण्डलाई जावलाखेलको जु मा थुन्छु भनिरहेका छन् त कोही प्रचण्ड नांगिएको टिप्पणी गरिरहेका छन् ।

    ४. आक्रामक बोलीः प्रचण्ड निकै आक्रामक रुपमा प्रस्तुत भएर बोल्छन् । यसले उनलाई नोक्शान पुग्ने क्रम बढेको छ । विदेशीलाई उनले सार्वजनिक रुपमा गाली गर्ने देखि फकाउने सम्म गरेर बोलेका छन् । पछिल्लो समय उनले कम्फर्टेवल सरकारको कुरा गरेर आलोचित भए । छिमेकी राष्ट्रहरुप्रति उनको अभिव्यक्ति बेला बेलामा गम्भीर विषय बन्ने गरेको छ ।

    ५.करिश्मामयी नेता बन्न खोज्नेः प्रचण्डले राजनीतिमा पार्टीभन्दा आफूलाई केन्द्रमा राख्ने गरेका छन् । । आफूलाई करिश्मामयी नेता बनाइरहन खोज्छन् । उनले एकता केन्द्र, नेकपा माओवादी, माओवादी केन्द्र समेत विघटन गरेका थिए । तैपनि, उनी करिश्मामयी नेता बनिरहन सफल भए । तर, त्यही व्यक्तित्व उनका लागि चुनौती बनेको छ । करिश्मा देखिन छाडेपछि प्रचण्ड कमजोर सावित हुँदै गएका छन् । उनीमाथि व्यक्तिवादी भएको आरोप छ । त्यसैले परिवार र आफ्नो विषयमा बढी बोल्छन् । यही कमजोरीका कारण उनले जनयुद्ध लडेका थिए आफ्ना विश्वासपात्रहरुको संरक्षण गर्न सकेनन् । उनीहरु प्रचण्डबाट टाढिएका छन् ।

सम्वन्धित समाचार

विराटनगर ।  कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई एमालेले मार्ग प्रशस्त गर्न एमालेले आग्रह गरेको छ …

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार बनाउन दाबि गर्ने समय आज सकिदै छ । प्रदेश प्रमुख नजिर मियाँले चैत…

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । प्रतिनिधिसभाको बैठक…

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जनप्रदर्शनमा झडप भएको छ । भृकुटीमण्डपबाट शुरु भएको रा…