• काठमाडौं । प्रधानामन्त्री केपी शर्मा ओलीको विकल्प खोज्न कांग्रेस सभापति शेरबहादुर देउवा बल्ल तात्न थालेका छन् ।

    शुक्रवार (आज) देउवाले सत्ता समीकरणका लागि माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)का नेताहरुसँग छलफल गर्न खोज्नुलाई पनि बैकल्पिक सरकार गठनमा सहमति जुटाउन गरिएको कसरतका रुपमा हेरिएको छ । गत फागुन २३ मा सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्रलाई पूर्ववत रुपमा ब्यूँताएपछि प्रतिनिधि सभामा अहिले कसैको पनि एकल बहुमत छैन । त्यसकारण पनि ओलीको बिकल्पमा सत्ता समीकरणको प्रयास शुरु भएको हो ।

    दवाबमा देउवा

    चैत २० गते बसेको कांग्रेस केन्द्रीय कार्य समितिको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्ने र सरकारको नेतृत्व गर्न पहल गर्ने निणर्य गरेपछि देउवा दवाबमा परेका छन्। ओली र देउवाबीच राजनीतिक लेनदेन भएको र त्यसकारण पनि देउवा ओलीप्रति नरम भएको आरोप लागिरहेका बेला पार्टीले गरेको निणर्यलाई माइनस (बेवास्ता) गरेर अघि बढ्न कठिनाई छ । त्यसकारण पनि देउवा अब ओलीको बिकल्पमा जानु पर्ने मनस्थितिमा पुगेका एक कांग्रेस केन्द्रीय सदस्यको भनाई छ ।

    आफैँ प्रधानमन्त्री बन्ने दाउ

    देउवाको प्राथमिकता आफै प्रधानमन्त्री बन्ने रहेको छ । तर त्यसमा उनले हतार गरेका छैनन । किनकि माओवादी र जसपाले धोखा दिने हुनकि भन्ने भय अझै छ । कांग्रेस स्रोतका अनुसार विगतका अनुभवका कारण देउवा माओवादी र जसपाले लिखित रुपमै आफूलाई समर्थनको प्रतिवद्धता जनाओस भन्नेमा छन । त्यस कारण पनि देउवा ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न हतारिएका छैनन । भोलि केही गरी ओली विरुद्धको अविश्वास प्रस्ताव फेल भएमा १ वर्षसम्म अविश्वास प्रस्ताव ल्याउन पाइने छन् । देउवा रणनीतिक रुपमा परिपक्व भएर मात्रै सरकारको नेतृत्व गर्ने दाउमा छन्

    सकेसम्म गठबन्धन सरकारले नै निर्वाचन गरोस भन्ने चाहना

    आम निर्वाचनका लागि अव झण्डै २० महिनामात्रै बाँकी छ । २०७४ मंसिरमा आम निर्वाचन भएको थियो । ओलीले आम निर्वाचन गराए भने उनले सत्ता र शक्तिको प्रयोग गर्ने र निर्वाचनमा धाँधली गर्ने भय एकथरी कांग्रेस नेताहरुमा रहेको छ । उनीहरु ओलीको बिकल्पमा जसरी पनि सरकार बन्नुपर्छ र कांग्रेस नेतृत्वको सरकारले नै निर्वाचन गराओस भन्नेमा छन् ।

    तीन दलको सरकार नबन्दा कांग्रेस के चाहन्छ त ?

    एक कांग्रेस नेता भन्छन सरकारमा जान कांग्रेसले मरिहत्ते गर्नुपर्ने अवस्था छैन । दुइ तिहाई नजिक हुँदा पनि ओली सरकारले जनअपेक्षा अनुुसार काम गर्न नसकेको उनको दाबी छ । जनतासमक्ष ती कुरा राखेर कांग्रेसले आफ्नो पक्षमा माहोल बनाउन सक्छ । मध्यावधि निर्वाचन भएमा पनि कांग्रेसलाई घाटा भन्दा नाफा नै हुन्छ । तर मध्यावधि भएको खण्डमा ओलीको विकल्पमा अर्को प्रधानमन्त्रीले निर्वाचन गराओस भन्ने चाहना रहेको कतिपय कांग्रेस नेताको भनाइ छ । त्यसकारण गठबन्धन र निर्वाचन दुवैका लागि कांग्रेस तयार हुनुपर्ने कांग्रेस नेताहरु बताउँछन् ।

सम्वन्धित समाचार

विराटनगर ।  कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई एमालेले मार्ग प्रशस्त गर्न एमालेले आग्रह गरेको छ …

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार बनाउन दाबि गर्ने समय आज सकिदै छ । प्रदेश प्रमुख नजिर मियाँले चैत…

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । प्रतिनिधिसभाको बैठक…

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जनप्रदर्शनमा झडप भएको छ । भृकुटीमण्डपबाट शुरु भएको रा…