• मोरङ । नेकपा (माओवादी केन्द्र) सम्बद्ध युवा संगठन योङ्ग कम्युनिष्ठन लिग (वाईसीएल) नेपालको पथरीशिनश्चरे नगर भेला समापन भएको छ । 

    आइतबार पथरी बहुमुखी क्याम्पसमा भएको भेलाले याम मादेन लिम्बूको अध्यक्षतामा ४१ सदस्यीय नगर समिति गठन भएको छ । समितिको उपाध्यक्षमा मनोज देवान, सुनिल लुइटेल, उदयकुमार मण्डल, कृष्ण राई, सचिवमा सिर्जना धिमाल, सहसचिवमा पञ्च लामा, पुष्प मगर, संगीता दुलाल, रबिन मगर, कोषाध्यक्षमा निर्मला गिरी रहेका छन् । 
    सदस्यहरुमा अनिल खजुम, प्रभास मण्डल, मुना राई, रबिन राई, भबिन लिम्बू, सबिन तामाङ, समशेर निरौला लगायत रहेका छन् । 

    वाईसीएल नेपालको नगर संयोजक सुमन वनेमको अध्यक्षतामा भएको भेलाको प्रमुख अतिथि सभासद तथा पार्टी १ नम्बर प्रदेश सदस्य लालबहादुर सुश्लिङ मगरले युवाहरु आम जनताको शिक्षा, स्वास्थ्य र रोजगारीको अधिकार लागि अनुशासित ढंगले लाग्नु पर्ने बताए । 

    भेलाको बिशेष अतिथि वाईसीएल नेपालको मोरङ जिल्ला इन्चार्ज खगेन्द्र सुबेदीले भ्रष्ट र दलालहरुको विरुद्ध एकताबद्ध भएर युवाहरु लाग्नु पर्ने बताए । 

    कार्यक्रममा माओवादी केन्द्र जिल्ला सदस्य दिनानाथ तिम्सिना, नगर समिति अध्यक्ष चेतन दाहाल लगायतले शुभकामना दिएका थिए । कार्यक्रममा पार्टी जिल्ला सदस्य बालकुमार मगर (बिकास), पार्टी सम्बद्ध किराती राष्ट्रिय मुक्ति मोर्चाको महासचिव अर्जुन किराती, पार्टी नगर उपाध्यक्ष, प्रेम ढकाल, राधिका गौतम,  सहसचिव रबिन राई, मानबहादुर दियाली, कोषाध्यक्ष अनु राई लगायतको उपस्थिति रहेको थियो । 
     

सम्वन्धित समाचार

विराटनगर ।  कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई एमालेले मार्ग प्रशस्त गर्न एमालेले आग्रह गरेको छ …

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार बनाउन दाबि गर्ने समय आज सकिदै छ । प्रदेश प्रमुख नजिर मियाँले चैत…

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । प्रतिनिधिसभाको बैठक…

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जनप्रदर्शनमा झडप भएको छ । भृकुटीमण्डपबाट शुरु भएको रा…