• काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले अबको चुनावमा नेकपा एमाले एक्लै चुनाव लड्ने बताउनुभएको छ ।

    माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सबै पार्टी मिलेर एमालेविरुद्ध चुनाव लड्ने बताएको दुई दिनपछि प्रधानमन्त्रीको प्रतिक्रिया आएको हो ।

    काठमाडौंमा सोमबार भएको कार्यक्रममा एमाले अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्रीले भन्नुभयो, ‘प्रचण्डजीले कहिले कहिले साँचो कुरा गर्नुहुन्छ, एक्लै त कसैले नचिताए हुन्छ । नचिहाए पनि हुन्छ । एमाले एक्लै चुनाव लड्छ ।

    देशभरीका जनता एकजुट होऔं, देशभरीका प्रतिक्रियावादीहरु पनि एकजुट भएर आऊ ।’

    प्रधानमन्त्री ओलीले एमाले जालझेल, तिकडम गरेर सरकारमा नगएको स्मरण गराउनुभयो । ‘पहिलोपटक सरकारबाट हटाउँदा मैले भनेको थिएँ कि, हामी जस्केलाबाट होइन, राजमार्गबाट आउँछौं, फेरि पनि भन्छु एमाले जालझेल गरेर सरकारमा आएको होइन,’ उहाँले भन्नुभयो ।

    प्रधानमन्त्री ओलीले सभामुखले संविधान र कानुनविपरीत काम गरेको जिकिर गर्नुभयो । अधिवेशनको पहिलो दिनमै पेस गर्नुपर्ने अध्यादेश सभामुखले रोकेकोमा असन्तुष्टि जनाउँदै प्रधानमन्त्रीले एमसीसी सम्झौता निर्णायार्थ पेस नगरेर कानुन मिचेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, ‘संविधानको, कानुनको मतलब छैन । कांग्रेस किन बोल्दैन ? मुखमा पानी हालेर बसेको छ ।’

सम्वन्धित समाचार

मोरङ । माओवादीले चलाएको जनयुद्धकालीन जनमुक्ति सेनाको कम्पनी कमाण्डर बिष्णु मगर .(मुक्तिं)ले पार्टीले भुईँ …

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा रहेका विद्यार्थी संख्या कम भएको १३ वटा विद्यालयहरुलाई कक्षा घटुवाहुने पत्…

मोरङ । नेकपा (माओवादी केन्द्र) संबद्ध आदिबासी÷जनजाति संयुक्त मोर्चा नेपालको केन्द्रीय अध्यक्ष शुरेस आ…

मोरङ । माओवादी केन्द्र निकट आदिबासी÷जनजाति संयुक्त मोर्चा नेपालको प्रदेश स्तरीय प्रशिक्षण हुने …