• विराटनगर / सामान किन्न गएकी विराटनगरकी एक युवती दुई दिनदेखि बेपत्ता छिन्। विराटनगर महानगरपालिका–१२ की १४ वर्षीय मञ्जुरी उपाध्याय आइतबार साँझदेखि बेपत्ता भएकी हुन्।

    आइतबार स्कुलबाट फर्किएपछि करिब ४ बजेतिर पूजाको सामान किन्न पसल गएकी छोरी अहिलेसम्म घर नफर्किएको मञ्जुरीकी आमा अमृताले बताइन् । उनी स्टार बोर्डिङ स्कुलमा कक्षा नौमा अध्ययनरत थिइन्।


    पौने चार बजेतिर पूजाको सामान किन्न नजिकैको पसलमा पठाएकी थिएँ । ५ बज्दा पनि नआएपछि म खोज्न गएँ, अमृताले भनिन्, पसलमा बुझ्दा सामान किनेको रहेछ । तर, घर आइनन्।
    उनका साथी, आफन्तकहाँ सबैतिर बुझेको तर कहीँ पत्ता नलागेको उनले बताइन् । बिहानसम्म पनि छोरी घर नफर्किएपछि सोमबार बिहानै प्रहरीमा उजुरी दिएको अमृताले बताइन् ।

    बिहानै प्रहरीमा उजुरी दिएका छौँ, तर अहिलेसम्म छोरी आएकी छैनन्, परिवार सबै चिन्तामा छौँ, अमृताले भनिन् अपहरण भएको आशंका छ, तर अहिलेसम्म त्यस्तो कुनै फोन आएको छैन।

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …