• विराटनगर । विराटनगरमा पाँच दिनको अन्तरमा दुई पुरूषको हत्या भएको छ । शनिबार र बुधबार दुई जनाको हत्या भएको हो । दुवै घटनामा मृतकका छोरा सङ्लग्न छन् ।


    शनिबार छोरा रबिसँग झगडा हुँदा विराटनगर महानगरपालिका– ८ का ५४ वर्षीय विको सहनी मुखियाको मृत्यु भएको थियो । बुधबार विराटनगर महानगरपालिका– ५ का ६५ वर्षीय काले साहको मृत्यु भएको हो । साहलाई छोरा अजयले निर्घात कुटपिट गरेका थिए ।

    घरायसी विवादमा छोरा अजयले बुबा कालेमाथि गत चैत २६ गते निर्घात कुटपिट गरेका थिए । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काका अनुसार बुधबार बिहान नोबेल मेडिकल कलेजमा काले साहको मृत्यु भएको हो । प्रहरीले उनका छोरालाई पक्राउ गरेको छ ।

    प्रहरीका अनुसार दुवै हत्याको घटनामा मदिरा मुख्य कारण देखिएको छ । चैत २९ गते मदिरा सेवनपछि विवाद हुँदा विराटनगर महानगरपालिका– ८ का ५४ वर्षीय विको सहनी मुखिया उनका छोरा रबिबीच विवाद भएको थियो ।

    विवादका क्रममा माइलो छोरो रबिले धकेल्दा मदिराले मातिएका बुबा लडेका थिए । लड्दा उनको घाटीमा बासको भाटाले छेडेको थियो । घाइते भएका उनको कोसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …