• उर्लाबारी,
    आन्तरिक पर्यटनको विकास एवं मनोरञ्जनका लागि मोरङको उर्लाबारी ८ राजघाटमा ‘नेचुरल फन पार्क एण्ड रिसोर्ट प्रा.लि.’ सञ्चालनमा आउने भएको छ । ५ करोड भन्दा बढीको लागतमा 
    नेचुरल व्यवस्थापन र नयाँ पहिचान दिंदै ‘नेचुरल फन पार्क’ सञ्चालनमा ल्याउन लागेको फन पार्कका सञ्चालक डिल्ली न्यौपानेले सञ्चारकर्मीलाई जानकारी दिएका छन् ।


    देशकै ठूलो राष्ट्रिय झण्डा राखिने उक्त फन पार्कमा मोटर बोट, भ्यु टावर, सेल्फी डाँडा,गार्डेन, पुल,ब्यवस्थित होटल रहेका छन् । २० जना स्थानीयलाई प्रत्यक्ष रोजगारी दिन लागिएको उक्त पार्क नयाँ वर्ष २०७८ को अवसर पारेर उद्घाटन गरी सञ्चालनमा ल्याउने तयारी भएको सञ्चालक न्यौपानेले जानकारी दिएका छन् । एकै ठाउँमा घुम्न र रमाइलो गर्न जाने एकान्त र सुरक्षित ठाउँको अभाव भइरहेको बेलामा आन्तरिक पर्यटनको विकास गर्ने लक्ष्यका साथ बालबालिकादेखि, विद्यार्थी, युवायुवती र पारिवारिक सदस्यले एकै ठाउँमा मनोरञ्जन लिनसक्ने गरी यो पार्क सञ्चालनमा आउन लागेको उनको भनाई छ ।


    उर्लाबारी चोकबाट करिब साडे ७ किलोमिटर दक्षिण पश्चिम puरानो राजघाटस्थित बक्राहा खोला पूर्वमा सञ्चालित सो फनपार्कले जल र स्थल गरी विभिन्न मनोरञ्जन लिन पाउने र रमाइलो पौडी 
    पोखरीको व्यवस्था समेत गरेको छ ।


     त्यस्तै सो फनपार्क सञ्चालनका लागि ११ बिगाहा क्षेत्रफल मध्ये ५ बिगाहामा पोखरी र ३.५ बिगाहामा अन्य संरचना निर्माण भएका छन् । सो फन पार्कको स्पेशल लोकल माछाका प्रकारहरू रहेको सञ्चालक न्यौपानेले बताएका छन् । एकै दिनमा करिब सयौं मानिसहरू रमाउन सक्ने गरी पार्क सञ्चालनको व्यबस्था गरिएको उनले जानकारी दिएका छन् 

    नीय २ जना युवाहरुको लगानीमा आवश्यक भौतिक संरचना निर्माणका क्रममा ४ करोड भन्दा बढि खर्च भईसकेकोे सञ्चालक न्यौपानेले बताएका छन् । अहिले मुलुकभर फनपार्क तथा रिसोर्टहरु थपिने क्रममा छन् । उर्लाबारीमा पनि एभरेष्ट फनपार्क तथा रिसोर्ट सञ्चालनमा आएको केही महिना पछि अर्को नेचुरल फनपार्क एण्ड रिसोर्ट प्रा.लि.सञ्चालनमा आउँदैछ । मञ्जिल एग्रिकल्चर कम्पनीले २ हजार ७४ साल वैशाखमा सुरु गरेको नेचुरल फनपार्क यतिवेला सवैको मन जित्न सफल भएको छ । स्थापना भएको ४ बर्षसम्म ब्यवहारिक कठिनाईले सञ्चालनमा आउन ढिलाभए पनि अब सबैको मन जितेर सेवामा लाग्न तयार रहेको फनपार्क मेनेजर माधव प्रसाद ढुङ्गानाको भनाई छ ।


    स्वदेशी भूमीमैं केहि गरौं भनेर लागेका युवाहरु डिल्लीराम न्यौपाने र माधव प्रसाद ढुङ्गानाको जोस र जा“गरले वक्राहा नदीको किनार अहिले सुन्दर र लोभ लाग्दो भएको छ । 
    यहा“ आउने जो कोहीको पनि मन लोभ्याउन सामथ्र्य राख्ने बनेको फन पार्क आन्तरिक पर्यटकहरुका लागि अत्यन्तै मनमोहक समेत रहेको ८ नं. वडाध्यक्ष कुलबहादुर कार्कीको भनाई छ । बार्षिक ५० लाखका माछा र भुरा बिक्री गर्ने लक्ष पनि सो पार्कले लिएको छ । उनीहरुको उत्साहलाई मुल्यांकन गर्दै प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमबाट २ लाख २० हजार अनुदान 
    पाएपछि अझ उत्साह थपिएको छ । 


    प्रा.लि.ले झापाको गौरिगञ्जमा समेत २० विगाहा जग्गा भाडामा लिएर माछा पोखरी र जडिवुटी लगाउने र आफ्नो भूगोल विस्तार गर्नै क्रममा रहेको सञ्चालकहरुले जानकारी दिएका छन् । 
    स्वदेसमै लगानी गरेर रोजगारी सृजना गर्ने युवाहरुको उत्साहलाई सवैले आत्मसात गर्नैपर्छ । अरुको मुलुकमा गएर गुलामी गर्नु भन्दा आफ्नो देशमै पौरख गर्ने जो कोहीलाई सम्मान गर्दै आवश्यक सघाउ पुर्‍याउनु राष्ट्रको दायित्व पनि हुन आउँछ । नेचुरल फनपार्क पूर्वी मोरङकै आकर्षक केन्द्र बन्ने सम्भावना रहेको छ ।

सम्वन्धित समाचार

 इलाम, १७ फागुन :  इलामको माइजोमाई गाउँपालिका–५ तुम्लिङ पुग्नुभएका टीकाराम बाँस्तोलाला…

ढोरपाटन (बागलुङ), १५ फागुन : बागलुङ र म्याग्दी जिल्लाको सिमाना रहेको सोलेडाँडामा तमानखोला गाउँपालिका र…

 ढोरपाटन (बागलुङ), १ फागुन : बागलुङको गलकोट नगरपालिका–११ मा रहेको उदय रिघा बुद्ध विहारलाई…

 काठमाडौँ, १९ माघ : हरेक वर्ष फेब्रुअरी २ तारिखमा मनाइने ‘विश्व सिमसार दिवस’ यस वर्ष &…