• काठमाडौं- सामाजिक कल्याण संघ जनउद्धार केन्द्रको संयोजकत्वमा ६५ वटा मिनि अक्सिजन भेन्टिलेटर सरकारलाई हस्तान्तरण गरिएको छ । स्वास्थ्य तथा जनसंख्यामा मन्त्रालयमा बिहीबार आयोजित कार्यक्रममा अक्सिजन भेन्टिलेटर चर्चित हास्य कलाकार मनोज गजुरेल र जनउद्धार केन्द्रका नेपाल संयोजक मुकुट रायमाझीले मन्त्रालयका प्रमुख विशेषज्ञ डाक्टर रोशन पोखरेललाई हस्तान्तरण गरेका छन्।

    भेन्टिलेटर हस्तान्तरण कार्यक्रम

    मलेसियामा कार्यरत नेपाली तथा वेष्टर्न डिजिटल कम्पनी पेनाङ्गका नेपाली र लभ पेनाङ नेटवर्कमार्फत संकलन भएको रकमबाट जनउद्धार केन्द्रले संयोजन गरी करिब २८ लाखँ रुपैया बराबरको उक्त भेन्टिलेटर सरकारलाई हस्तान्तरण गरेको हो। मलेसियामा कार्यरत नेपालीले गाँस काटेर पठाएको भेन्टिलेटर नेपालका अतिविपन्न नागरिकका लागि प्रयोग होस् भन्ने उदेश्य रहेको जनउद्वार केन्द्रका अध्यक्ष केशु थापाले बताए ।

    मलेसियामा जेलमा परेका, समस्यामा परेका तथा दुःख पाएका नेपालीहरुलाई सहयोग गर्दै आएको जनउद्धार केन्द्र मलेसियामा आधिकारिक रूपमा दर्ता भएको सामाजिक संस्था हो । भेन्टिलेटर ग्रहण गर्दै मन्त्रालयका प्रमुख विशेषज्ञ डाक्टर रोशन पोखरेलले नेपालमा अत्यावश्यक मिनी भेन्टिलेटर पठाएकोमा सहयोगी सबैलाई आभार प्रकट गर्दै सही सदुपयोग हुने विश्वास दिलाए ।

    उनले भने बिपाप भेन्टिलेटर भनेको सेमी भेन्टिलेटर हो, यसमा अक्सिजन खपत कम हुने भएकाले यो हाम्रो सन्दर्भमा अत्यावश्यक छ, त्यसैले तपाईहरुले भनेका ठाउँमा हामीले पठाउने डाक्टर पोखरेलले बताउनुभयो । जनउद्धार केन्द्रले मलेसियामा रहेका नेपालीहरुको मात्र नभएर नेपालमा समस्या पर्दा पनि विभिन्न सहयोग गर्दै आएको जनउद्धार केन्द्रका अध्यक्ष केशु थापाले बताउनुभयो ।

    जनउद्धार केन्द्रले नेपाली दूतावास मलेसियासँगको सहकार्यमा काम गर्दै आएको छ । जनउद्वार केन्द्र मलेसियाले भर्चुअल मार्फत एक कार्यक्रममा आयोजना गरि अभियानमा जोडिएर साथ समर्थन र सहयोग गर्ने सम्पुर्ण लाई हार्दिक धन्यवाद ज्ञापन समेत गरेको संस्थाका सल्लाहाकार दिनेश खड्का'खप्तडी'जानकारी दिनुभयो ।

सम्वन्धित समाचार

काठमाडौँ । नेपाली कांग्रेसको संसदीय कार्यसमिति र संसदीय दलको बैठक सोमबार बस्ने भएको छ । कांग्रेसले…

काठमाडौं, ३० वैशाख । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले सहकारी ठगीविरुद्ध सदनसँगै सडक …

 चितवनको भरतपुरमा विद्यार्थी लिन गएको स्माल हेभन स्कुल कल्याणपुरको बसमा अज्ञात समूहले आगजनी गरेका छन्…

काठमाडौँ । नेपाल आइडल फेम गायक रवि ओड प्रहरीको नियन्त्रणमा रहेका छन् ।कञ्चनपुर प्रहरीका अनुसार गायक ओडले …