• असार २० उर्लाबारी

    मोरङको बेलबारी नगरपालिका ७ दौलतपुरमा आफ्नै श्रीमानले राति सुत्ने कोठाभित्रै काठको मुङग्रोले हानेर श्रीमतीको हत्या गरेको छ ।


    ५६ वर्षीय अम्बिका घिमिरेले आफ्नै श्रीमती ४८ वर्षीया सिता घिमिरेलाई हत्या गरेको खुल्नमा आएको हो । शुक्रवार राति नै घटना भएपनि घरका कसैले थाहा नपाएको र शनिवार विहान मात्र घरका छोराबुहारीलाई थाहा भएको बताए । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार आरोपी घिमिरेले मादक पदार्थ सेवन गरी घरमा आई श्रीमतीसँग सामान्य वादविवाद भए पश्चात सुतेको मौका छोपेर श्रीमतीलाई बस्तुको किल्ला ठोक्ने काठको मुङ्ग्रोले हानेर हत्या गेरेका बताए ।

    निधाई रहेकी श्रीमतीको वायाँ कन्चटमा चार÷पाँच पटक मुङग्रो प्रहार गरी सिरानीले मुङ्ग्रो छोपेर उनि रातिनै फरार भएका थिए । अईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले शनिवार घर देखी २ किलोमिटर दक्षिणमा रहेको खाली ग्वालीबाट हत्यारा श्रीमानलाई प्रहरीले पक्राउ गरिएको हो । पक्राउ परेका घिमिरेलाई ज्यान सम्बन्धी कसूरमा थप अनुसन्धान कार्यभई रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनकारी दिए ।
    पुरा जानकारी भिडियोमा

सम्वन्धित समाचार

कमल सिंह ठकुरी काठमाडौं १३, २०७६ माघ : गायक प्रेम सोनिको एकल आवाजमा रहेको बिदेशी डलर बोलको गीत भर्खरै…

कमल सिंह ठकुरी/काठमाडौं १४, २०७६ कार्तिक गजलकार दिपक आचार्य ´जलन`को गजल संग्रह "अचानोमा दिल…

आर पोखरेल, काठमान्डौँ । लोकदोहोरी गीत संगीतमा निकै लोकप्रिय गायक राजु परियार र गायिका शान्ति श्री परिया…

आर पोखरेल, काठमान्डाँै , कात्र्तिक ३ काठमाडौं –नेपाली हरुको दोश्रो ठुलो चाड तिहार लाई लक्षित गरेर …