• उर्लाबारी।। मोरङको उर्लाबारीका राजन रायमाझीले नेपाली काङग्रेस उर्लाबारी वडा नम्बर ९ को सभापति पदमा उम्मेद्वारी दिनुहुने भएको छ ।रायमाझीको उम्मेद्वारी घोषणाले युवा पुस्तामा आसा जगाएको छ भने पुरानो पुस्ताले भरोसा पाउने अपेक्षा गरिएको छ । १४ औं महाधिवेशन नजिकीदै गर्दा वडा देखि केन्द्र सम्मको नेतृत्व लिन नेताहरू बीच प्रतिस्पर्धा सुरु भएको हो ।

    रायमाझी नेपाल विद्यार्थी सङ्घबाट राजनीतिमा उदाएका काङ्ग्रेस कार्यकर्ता हुनुहुन्छ । काङ्ग्रेस र गैर काङ्ग्रेसमा पनि उत्तिकै लोकप्रियता कमाउनु भएका रायमाझी पार्टीको लागि स्थानीय स्तरमा पिलर नै भएर खडा हुनुभएको छ । विकास निर्माणको काममा पनि उहाँ उत्तिकै लागिरहनुभएको छ । उर्लाबारी—्९ को दोभान सिँचाई आयोजनाको आधुनिक प्रविधी मैत्री बनाउनका लागि उहाँको सक्रियता उत्तिकै रहेको छ । कृषकको सहजतालाई सो सिँचाईलाई उहाँ माहाराजस्थान गाइघाट सम्म पुरियाउने लक्ष्य राख्नुहुन्छ । सडक मर्मत सम्भार,खोला तटबन्धन पूल निर्माण लगायतको समितिमा बसेर काम गरेको उहाँको अनुभव छ ।
    उर्लाबारी—९ का युवा व्यवसायी रायमाझी निडर र प्रखर तथा प्रस्ट बक्ताको रुपमा चिनिनुहन्छ । ‘परेको ठाउँमा बोल्न र सहयोग गर्न सक्ने रायमाझी कै कारण धैरै जसो युवाहरु कांग्रेसमा एकिकृत भएका छन् ।
    कोरोना कहरको बेला ज्यानको बाजी राखेर सहयोग तथा उद्दारमा निस्किनु भएका रायमाझी प्रशषाको पात्र भएको स्थानीय बताउछन् ।
    सुरुवाती दिनमा कोराना भन्न साथ तर्सिएर पर पर भाग्ने आत्तिने अवस्था थियो, मनोबैज्ञानिक त्रास हुन्थियो । त्यस बेला पनि रायमाझी कोरोना लागेका भनिएकाहरुको उद्धारमा खटेको स्थानीयको स्मृतिमा ताजै छ । दोस्रो चरणमा पनि रायमाझी कोरोना पीडितहरुको लागि घरघरमा पुगेर पोसिलो खाने कुरा मात्र लिएर पुग्नुभयो । कोरोना पीडित भन्न साथ दुर हुने अवस्थामा रायमाझी पुग्दा उहाँहरु स्तब्ध हुनुभयो, हर्षका आँशु खसाल्दै स्यावासी दिनुभयो ।
    लकडाउनको बेला रायमाझी गरीबीले चुल्हो निभेका घर घरमा खाद्यान्य समाग्री लिएर रायमाझी पुग्नुभयो । कोरोना पीडितको घरमा सेनिटाईज गर्दिनुभयो । रायमाझी भन्नुहुन्छ, जे जति सक्छु जनताको सेवा गर्न कहिल्यै पछि पर्ने छैन् । मैले साथीभाई कमाएको छु ।
    रायमाझीले काम गरिरहँदा वडाको नेतृत्व काँहा थियो भनेर कांग्रेस कार्यकर्ताहरु औल्याउछन् ।
    कुनै पनि समिती सफल हुन सबैको टिमवर्क चाहिन्छ, राजन वडाको जिम्मेवारी पदमा नरहनु भएपनि उहाँको खटाई साथीभाईलाइ समेट्न सक्ने खुबीका कारण पनि सबैको मन मनमा हुनुहुन्छ ।
    पार्टीलाई अझै चलयमान र उर्जाशिल बनाउन आफ्नो उम्मेदवारी रहने राजन बताउनुहुन्छ । म सभापति भएपछि गैह्र कांग्रेसहरुलाई पनि कांग्रेस बनाउन लाग्छु । सामाजिक काम तथा अगुवाईको कामलाई अझै फराकिलो बनाउनेछु, रायमाझीेले भन्नुभयो, काम गर्ने भित्रि इच्छा बोकेर आएको सपनालाई रोक्ने काम हुनेछैन भन्ने लाग्छ ।
    सभापतिमा सक्रिय कार्यकर्ताहरुले नयाँपन खोजेको उहाँ बताउनुहुन्छ । प्रकाश जिको कार्यकाल सफल बनाउन हामीसबैको साथ सहयोग छ, उहाँ वडामात्र ओगटेर बस्नु भएन अझै माथि जानुहोस, रायमाझीले भन्नभयो, वडाको नेतृत्व हामी लिन्छौ ।
    पार्टीको चुनाबमा प्रतिस्पर्धी भएपनि भोली सँगै सहकार्य गरेर अघि बढ्ने रायमाझी बताउनुहुन्छ । कार्यकर्ताहरुको माग बमोजिम उम्मेदवारी दिने बताउनुहुँदै रायमाझी सभापति हुने कुरामा आशावादी हुनुहुन्छ । सक्रिय कार्यकर्ताहरु राजनलाई सभापति बनाउनु पर्नेमा जोड दिइरहेका छन् । रायमाझी पर्दा आफ्नो व्यक्तिगत काम छोडेर पनि पार्टी तथा जनताको काममा खट्नुहुन्छ । त्यसैले पनि राजन नै अबको सभापति हो भनेर आवाज उठिरहेको छ ।

सम्वन्धित समाचार

विराटनगर ।  कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई एमालेले मार्ग प्रशस्त गर्न एमालेले आग्रह गरेको छ …

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार बनाउन दाबि गर्ने समय आज सकिदै छ । प्रदेश प्रमुख नजिर मियाँले चैत…

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । प्रतिनिधिसभाको बैठक…

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जनप्रदर्शनमा झडप भएको छ । भृकुटीमण्डपबाट शुरु भएको रा…