•  काठमाडौँ । मलेसियाको ग्लोव्स निर्माता कम्पनी हार्टालेगाले रोजगारीका लागि आउँदा कुनै शुल्क तिरेको भएमा फिर्ताका लागि आवेदन दिन अनुरोध गरेको छ । सो कम्पनीले सूचना निकाल्दै आफ्नो कम्पनी श्रमिकलाई जवर्जस्ती काममा लगाउने र शोषणात्मक अभ्यासबाट मुक्त बनाउने उत्तरदायी कामदार भर्नाप्रति प्रतिवद्द रहेको जनाएको छ ।

    आफ्नो कम्पनीले यसअगाडी आफ्नो कम्पनीमा आएका श्रमिकले तिरेको रकमको शोधभर्ना दिइरहेको र पूर्व श्रमिकलाई पनि कुनै रकम तिरेको भएमा फिर्ता गर्ने सोही कार्यक्रमको एक हिस्सा भएको जनाइएको छ । रकम फिर्ता गर्नका लागि कम्पनीले उपलव्ध गराएको लिंकमा गएर वा क्यूआर कोड मार्फत फारम भर्न सकिने कम्पनीले जनाएको छ । रकम फिर्ता पाउन योग्य श्रमिकलाई कम्पनीले नै मोवाइलमा फोन मार्फत सम्पर्क गरिने जनाइएको छ ।

    दर्ता गरिएका निवेदनहरुलाई तेश्रो पक्ष अडिटरद्दारा पुनरावलाकन गराइने र योग्य श्रमिकले मात्र शोधभर्ना प्राप्त गर्ने सो कम्पनीले जनाएको छ । आप्रवासी श्रमिकहरुलाई रोजगारीका लागि भर्ना शुल्क तिराएको र बाध्यकारी श्रम गर्न बाध्य बनाएको भन्दै अमेरिकाले टप ग्लोव, डव्लुआरपी लगायतका कम्पनीहरुको उत्पादन आयातमा बन्देज लगाएपछि ति कम्पनीहरु समस्यामा परेका थिए । अमेरिका ति कम्पनीहरुद्धारा उत्पादित ग्लोव खपत गर्ने ठूलो मुलुक हो ।

    कोभिड १९ का कारण विश्वव्यापी रुपमा ग्लोवको ठूलो मागका बीच वन्देज कायम रहेपछि सो फुकुवा गर्ने उद्धेश्यले टप ग्लोव लगायतका कम्पनीहरुले आप्रवासी श्रमिकहरुले तिरेको रकम फिर्ता गर्ने घोषणा गरेका थिए । सो अनुरुप केहि कम्पनीहरुले रकम फिर्ता गरिसकेको बताएका छन् भने केहिले किस्तावन्दीमा रकम फिर्ता गरिरहेको बताएका छन् ।

सम्वन्धित समाचार

विदेश न्युयाेर्क, ६ चैत  । भारतका अन्वेषकले पहिलो पटक एसियाली हात्तीहरूले पनि मरेका अाफ्ना छावा कसर…

मोरङ । नेकपा (एमाले) मोरङ स्थित पथरीशनिश्चरे नगरपालिका १ नं. वडा पार्टीको अध्यक्षमा अहिले निर्वाचन भइरहेक…

लण्डन, १५ मंसिर भूपू गोर्खाहरुको मागलाई सम्बोधन गर्न बेलायत–नेपाल सरकार र आन्दोलनरत भूपूगोर्खाबीचक…

गैरआवासीय नेपाली संघ (एनआरएनए)ले संघका महासचिव गौरीराज जोशीकी आमा भूपकुमारी जोशीको स्मृतिमा श्रद्धाञ्जल…