• क्वालालम्पुर- मलेसियाबाट जुलाई २१ र २४ तारिखमा २४ वटा नेपालीका शव र तीन वटा अस्तु नेपाल एयरलाइन्सको उडानबाट नेपाल पठाईएको  छ ।
    नेपाल एयरलाइन्सका सिनियर क्याप्टेन बिजय लामाले सामाजिक सञ्जाल मार्फत जानकारी गराए अनुसार उनले उडान भरेको जहाजबाट तिन शव र अस्तुहरु नेपाल गएका हुन् ।

    वैदेशिक रोजागरी तथा अन्य कारणले मलेसिया आएर बिभिन्न कारणवस मृत्यु भएका नेपालीहरुको शव प्राय मलेसियाम अन्त्यष्ठि गरिने भएता पनि पारिवारीक इच्छा तथा बिभिन्न कारणले केहि शवहरु नेपाल पठाउने गरिएको छ। मलेसियामा मृत्यु भएका अन्य नेपालीहरुको शव पनि नेपाल पठाउने तयारीमा रहेको र आगामि हप्ता ३७ वटा शव र तीन वटा अस्तु तथा त्यसपछिको उडानमा १८ वटा शव ल्याउने जानकारी क्याप्टेन बिजय लामाले गराएका  छन् ।

    ‘‘मनमा धेरै दुख लाग्दा लाग्दै पनि बाध्य छौ ल्याउनलाइ, देशको स्थितिनै यस्तै छ! धनी र ठुला बडाहरुलाइ मात्र हो यो देश कि सबैलाई हो ?
    मलेशियाको क्वालालम्पुरबाट वैदेशिक रोजगारीमा गएर फर्कन लागेका यात्रुसगै, आज मेरो उडान फ्लाइट नम्बर आर ए ४१६मा, रोजगारीको क्रममा कोविड-१९ बाहेकको अरु विभिन्न कारणले ज्यान गुमाएका नेपाली दाजुभाइको २४ वटा शव तथा ३ वटा अस्तु पनि ल्याएका थियौ हामिले।

    अझै अर्को उडानमा पनि १८ वटा शव ल्याउनु बाकी छ रे ।
    विदेशमा श्रम र पसिना बेच्न गएका नेपाली दाजुभाइ दिदिबहिनीको शव ल्याउदा जस्तो दुख पीडा अरु कुनै पनि उडान गर्दा हुन्न ।’’
    उनले वैदेशिक रोजगारीमा श्रम र पसिना बेच्न गएका नेपाली दाजुभाई तथा दिदीबहिनीहरुको शव बोक्दा अत्यन्तै दुःख पीडा हुने पनि बताएका छन् ।

सम्वन्धित समाचार

मोरङ । माओवादीले चलाएको जनयुद्धकालीन जनमुक्ति सेनाको कम्पनी कमाण्डर बिष्णु मगर .(मुक्तिं)ले पार्टीले भुईँ …

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा रहेका विद्यार्थी संख्या कम भएको १३ वटा विद्यालयहरुलाई कक्षा घटुवाहुने पत्…

मोरङ । नेकपा (माओवादी केन्द्र) संबद्ध आदिबासी÷जनजाति संयुक्त मोर्चा नेपालको केन्द्रीय अध्यक्ष शुरेस आ…

मोरङ । माओवादी केन्द्र निकट आदिबासी÷जनजाति संयुक्त मोर्चा नेपालको प्रदेश स्तरीय प्रशिक्षण हुने …