• मोरङ । पथरी उद्योग वाणिज्य संघको नव निर्वाचित पदाधिकारी÷सदस्यहरुलाई नेकपा (माओवादी केन्द्र) पथरी शनिश्चरे नगर समिति मोरङले सम्मान गरेको छ । 


    बिहिबार पार्टी कार्यालयमा सम्मान तथा बधाई शुभकामना कार्यक्रमको आयोजना गरी सम्मान गरेको हो । प्रदेश सांसदसमेत रहेका पार्टीको मोरङ जिल्ला सह–इन्चार्ज कुलप्रसाद साबाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पथरी उद्योग वाणिज्य संघलाई सम्मानपत्र र पदाधिकारी, सदस्यलाई दोसल्ला ओढाएर सम्मान गरिएको हो । 
    कार्यक्रममा अध्यक्ष धनकुमार तामाङ, उपाध्यक्ष आशा राई, महासचिव राजेन्द्र बस्नेत, बाणिज्य सचिव ईश्वरी सापकोटा, उद्योग सचिव प्रेमप्रसाद सुवेदी, कोषाध्यक्ष बिजयजंग बस्नेत, सदस्यहरु इन्द्रबहादुर राई, तुलसी लुनीया, हरिराज प्याकुरेल, देवि राई, जुनी थपलिया, लेखा संयोजक 
    कृष्णप्रसाद भट्टराई सदस्य प्रदिप पराजुली लगायतलाई सम्मान गरिएको थियो । 


    कार्यक्रममा पथरी ब्यापार संघको संस्थापक अध्यक्ष स्वर्गीय लालचन लुनीयाको पत्नि धनवति लुनीयालाई समेत दोसल्ला ओढाएर सम्मान गरिएको थियो । 
    कार्यक्रमको प्रमुख अतिथि कुलप्रसाद साम्बा, बिषेश अतिथि संविधान सभा सदस्य लालबहादुर सुस्लिङ मगर लगायतले सम्मान पत्र, टिक तथा दोसल्ला ओढाएर सम्मान गरेका थिए ।
    सम्मानपछि प्रमुख अतिथि साम्बाले नयाँ समितिले आफूहरु जुनसुकै विचार सिद्धान्तमा आस्था राखेपनि पार्टीभन्दा माथि उठेर काम गर्न सुझाव दिएका थिए । साम्बाले संघको निर्माणाधिन भवन सम्पन्न गर्न सुझाव दिदै आवश्यक सहयोग गर्ने बताए । 


    मोरङ ब्यापार संघका महासचिव अनिल साहा, पार्टी प्रदेश सदस्य गीता तिम्सिना लगायतले शुभकामना मन्तब्य राखेका थिए । 
    सम्मानित संघको अध्यक्ष धनकुमार तामाङले आफूहरु एकताबद्ध भएर अघि बढ्ने बताउदै नगरलाई सबल बनाउन सबै पक्षको सहयोग आवश्यक रहने बताए । 
    माओवादी केन्द्रको नगर कार्यवाहक अध्यक्ष प्रेम ढकालको सभापतित्वमा भएको कार्यक्रममा इन्चार्ज दिनानाथ तिम्सिनाले स्वगत र सचिव मोहन लिम्बूले सञ्चालन गरेका थिए । 

सम्वन्धित समाचार

काठमाडौँ । नेपाली कांग्रेसको संसदीय कार्यसमिति र संसदीय दलको बैठक सोमबार बस्ने भएको छ । कांग्रेसले…

काठमाडौं, ३० वैशाख । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले सहकारी ठगीविरुद्ध सदनसँगै सडक …

 चितवनको भरतपुरमा विद्यार्थी लिन गएको स्माल हेभन स्कुल कल्याणपुरको बसमा अज्ञात समूहले आगजनी गरेका छन्…

काठमाडौँ । नेपाल आइडल फेम गायक रवि ओड प्रहरीको नियन्त्रणमा रहेका छन् ।कञ्चनपुर प्रहरीका अनुसार गायक ओडले …