• कैलाली, १४ कात्तिक

     कैलालीमा नदीमा नुहाउने क्रममा डुबेर दुई जनाको शनिबार मृत्यु भएको छ । भजनी नगरपालिका–३ ढुसीका नरेन्द्र निसादका १३ वर्षीय छोरा धनन्जय निसाद र सोही ठाउँका लायकराम चौधरीका १० वर्षीया छोरा अरबिन्द्र चौधरीको काडाँ नदीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिनुभयो ।

    इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरी टोलीले स्थानीयवासीको सहयोगमा शवको खोजी गर्दा सोही नदीमा मृतावस्थामा फेला पारी आवश्यक कानुनी प्रक्रिया पूरा गरी थप अनुसन्धान  भइरहेको बताइएको छ ।

    लागुऔषधसहित तीन पक्राउ

    धनगढी उपमहानगरपालिका–१ बुद्धमार्गबाट खैरो हिरोइन (लागुऔषध)सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका–८ का आदर्श कुँवर, सोही ठाउँका वसन्त चौधरी र हिमाल शाहीलाई चार ग्राम १०० मिलीग्राम लागुऔषधसहित पक्राउ गरिएको जिप्रकाले जनाएको छ ।

    शङ्कास्पदरूपमा हिँडिरहेका उनीहरुमाथि शङ्का लागि जाँच गर्दा निजहरुको साथबाट उक्त लागुऔषध फेला पारी बरामद गरिएको प्रनाउ विष्टले बताउनुभयो । निजहरु तीनै जनामाथि लागुऔषध खैरो हिरोइन मुद्दा शीर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान  भइरहेको बताइएको छ ।

सम्वन्धित समाचार

काठमाडौं, २१ फागुन । अभिनेता नाजिर हुसेनको व्यस्तता बढ्न थालेको छ । उनले नयाँ फिल्ममा अनुबन्धित भएका छन् …

काठमाडौं, २० फागुन । आर्थिक गरिबीसँग लडिरहेको इजिप्टको सरकारले आफ्ना प्रमुख सहरहरू एक एक गरेर बेच्न बाध्य…

टीकापुर (कैलाली), १७ फागुन : कैलालीको टीकापुर नगरपालिकाभरि सयभन्दा बढी कुटानी पिसानी र पेलानीको काम …

काठमाडौं, ८ फागुन । हामी सबैको लागि स्मार्टफोन क्यामेरा, क्याल्कुलेटर, फोटो एल्बम, रिमाइन्डर आदि जस्ता धेरै…