• मोरङको पथरीशनिश्चरेस्थित डाँस मोरङगी सामुदायिक वन क्षेत्रमा भेटिएकी युवतीको मृत्यु भएको छ।

    मोरङको सुन्दरहरैँचा नगरपालिकास्थित सलकपुरमा बस्दै आएकी एक १९ वर्षीया युवतिको शङ्कास्पद मृत्युको घटना सार्वजनिक भएको छ ।


    सुन्दरहरैँचा नगरपालिकास्थित सलकपुरमा बस्दै आएकी १९ वर्षीया ती युवतीको मृत्यु भएको इलाका प्रहरी कार्यालय पथरीले जानकारी दिएको छ। खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १ स्थायी घर भई हाल सलकपुरस्थित काका डिल्लीराम आचार्यको घरमा बसी कृषि विषय अध्ययन गरिरहेकी कमला आचार्य पुस १० गते शनिबार साँझबाट हराइरहेकी थिइन्।


    उनलाई १३ गते सोमबार पथरीशनिश्चरे नगरपालिकामा पर्ने जङ्गल क्षेत्रमा रहेको मोरङी पुल छेउमा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए। उनले मुसा मार्ने औषधि सेवन गरेको पाइएपछि उपचारार्थ विराटनगरस्थित विराटनगर अस्पताल (विराट नर्सिङ होम) पठाएकोमा उपचारका क्रममा मंगलबार राति उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय पथरीशनिश्चरेले बताएको छ। कार्यालयका अनुसार जिल्ला प्रहरी कार्यालय मोरङको सक्रियतामा मृतक युवतीको शव पोस्टमार्टम गरी विस्तृत अनुसन्धान अगाडि बढाइएको छ।

सम्वन्धित समाचार

मोरङको उर्लाबारीमा छोराले दाउराको चिर्पट प्रहार गरेर आफ्नै आमाको हत्या गरेका छ । उर्लाबारी नगरपालिका…

झापा, माघ २९ झापाको दमक ७ स्थित त्रिगंगा कृर्षि सहकारी संस्थाका संस्थापक अध्यक्ष तथा वर्तमान सचिव रहेका रा…

म्याग्दी, २५ मङ्सिर   म्याग्दीको बेनी नगरपालिका–६ अर्थुङ्गेमा रहेको जामुनाखर्क माध्यमिक व…

विराटनगर / अविरल वर्षासँगै गत कात्तिक १ गतेदेखि ३ गतसम्म आएको बाढीका कारण सुनसरी मोरङ औद्योगिक करिडोर क्…