• बेइजिङ, २ माघ
    बेइजिङमा पहिलो पटक कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन देखिएको छ । पहिलो पटक स्थानीय रुपमा फैलिएको ओमिक्रोन देखिएपछि कडा सतर्कता अप्नाइएको छ । बेइजिङमा केही सातापछि हिउँदे ओलम्पिक खेल आयोजना हुँदै छ । आगामी ४ जनवरीमा बेइजिङमा हिउँदे ओलम्पिक आयोजना हुँदैछ ।

    कोभिडका कारण दक्षिणी सहर झुहाईमा यात्रा प्रतिबन्ध लगाएको एक दिनपछि बेइजिङमा संक्रमण देखिएको हो । संक्रमण फैलिएपछि सरकारले यसअघि विभिन्न सहरमा लकडाउन घोषणा गरिएको थियो । पछिल्ला साता चीनमा लाखौं मानिसहरुलाई घरभित्रै बस्न निर्देशन दिइएको छ ।

    चीनले जतिसुकै यात्रा प्रतिबन्ध लगाए पनि कोभिडलाई हिउँदे ओलम्पिक अगाडि शून्यमा झार्ने सरकारको नीति सफल नहुने प्यासिफिक युनिभर्सिटीका प्राध्यापक जुल्स ब्वाईकफ बताउँछन् ।

सम्वन्धित समाचार

 भजनी (कैलाली), १७ फागुन:  सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशमा सरुवा रोग अनुसन्धान केन्द्रको स्थ…

खोटाङ, १३ फागुन :  दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाकी २९ वर्षीया फुरदिकु शेर्पा…

 काठमाडौँ, १२ माघ :  नेपाल आँखा अस्पताल त्रिपुरेश्वरमा ‘लेन्स स्पेयरिङ भिट्रेक्टोमी’…

 तुलसीपुर (दाङ), १ भदौ : दाङ शान्तिनगर गाउँपालिका वडा नं २ ले घरमै पुगेर ज्येष्ठ नागरिक बिरामीको …