• मोरङ । बीएण्डबी वाईजीएफटीको लागि सोमबारको खेल गर कि मरको अवस्था थियो । 
    मोरङको पथरीशनिश्चरे नगरमा जारी ‘इन्ट्रा पथरीशनिश्चरे फुटबल प्रिमियर लिग’को आज (सोमबार)देखि दोस्रो चरणको खेल सुरु भएको छ । लिगको उद्घाटन खेलमा वाईजीएफटीले शिखर एफसीसँग पराजित भएपछि दोस्रो चरणको खेल गर कि मरकै अवस्थामा खेल्नु पर्ने बाध्यता थियो । 
    दोस्रो चरणको खेल लिगको डिफेन्डिङ च्याम्पियन टेन नवोदयसँग परेपछि वाइजीएफटीले चर्को सामना गर्नु नै थियो । सोही अनुसार सोमबार टेन नवोदय र वाइजीएफटीको खेल तनाव पूर्ण रह्यो । 
    टेन नवोदयले साख जोगाउन राम्रो तयारी गर्ने नै भयो । यता वाइजीएफटी दुबै खेलमा पराजित भएर रेलिगेसनको बाटो समाउनु भन्दा गर कि मरको रणनीतिमा मैदानमा उत्रिएको प्रष्ट देख्न सकिन्थो । 
    यसैवीच खेलको पहिलो हाप गोव रहित बरामरीमा टुङ्गियो । खेलको ४७ मिनेट अर्थात दोस्रो हाप सुरु भएको २ मिनेट बित्न नपाउदै डिफेन्डिङ च्याम्पियन टेन नवोदयका स्टार खेलाडी मिन धिमालले गोल गरेपछि वाईजीएफटीको लागि चुनौती थपियो । 
    तनावपूर्ण खेलमा दोस्रो हापको ३५ औ मिनेटमा वाइजीएफटीका खेलाडी सञ्जय लिम्बूले विपक्ष पोष्टमा गोल गरे । गोल पोलमा ठोक्किएर पोष्टको लाइन नजिकै खसेर बाहिरिएको कारण मुख्य रेफ्रि सन्दिप राउतलाई तत्काल निर्णय गर्न समस्या भयो । केही बेर बिवाद भयो । अन्तत वाइजीएफटीले पोष्टमा ठोक्किएर लाइन भित्र खसेको गोल नभएको रेफ्रि राउतले निर्णय दिए । 
    वाइजीएफटीका खेलाडी र क्लवले गोल हुनुपर्ने दाबी गरिरहेकै बेला रेफ्रि सन्दिप राउतले गोल नभएको भन्दै खेल अगाडी बढाए । वाइजीएफटी एफसी र खेलाडीको असन्तोष हुँदाहुँदै इन्जुरी समयमा पुन वाइजीएफटीकै खेलाडी सञ्जय लिम्बूले पुन अर्को गोल गरे । 
    अघिल्लो गोललाई रेफ्रिले मान्यता नदिएपछि खेल बराबारीमा सकिएको घोषणा भयो । खेल बराबरीमा टुंङ्गियपछि लिगमा टेन नवोयदको १ जोडेर ४ अंक पु¥याएको छ भने वाईजीएफटीले बल्ल १ अंक प्राप्त गरेको छ । सोमबारेको खेलको म्यान अफ द म्याच वाईजीएफटीका गोल गर्ने खेलाडी संजय लिम्बू घोषित भए । भोली मंगलबारको खेल शिखर एफसी र वाईएफसी (भुटानी शरणार्थी शिविर)वीच हुनेछ । 

    रेफ्रिको निर्णयमा समस्या
    पथरीशनिश्चरेमा भइरहेको लिगमा रिप्लेसहितको सुबिधा रेफ्रिलाई छैन नै । यद्यपि अहिलेको जमानामा सबैको हातहातमा बोबाइल छ । सोमबारको खेलको सो गोल पनि एक जना दर्शकले प्रष्टसँग खिचेका रहेछन । 
    स्वभाविक हिसाबले रेफ्रिले क्वीक डिसिजन दिनुपर्ने हुन्छ नै । डिसिजन दिनु अघि नै भिडियो क्याप्चर भएको कुरा दर्शकले बताइरहेका थिए । भिडियो एकैछिन हेरेर डिसिजन दिन पाएको भए सहि निर्णय हुन सक्थ्यो । रेफ्रि सन्दिप राउतले डिसिजन दिएको केही मिनेटमै उक्त भिडियो एकदेखि अर्को मोबाइलमा सार्दै ब्यापक प्रचार भइसकेको थियो । भिडियो स्लो मोसन गरेर हेर्दा पोलमा ठोक्किएर गोल पोष्टको लाइनभन्दा करिव २ इन्च भित्र खसेको प्रष्ट देखिन्छ । रेफ्रिको टिम खेल सकिएपछि पनि भिडियो क्लिप हेर्नुभन्दा टाढैबाट नाङ्गो आँखाले अनुमान गरेकै सहिभन्दै आफ्नै तर्क अघि बढाइरहेका थिए । 
    लिग आयोजनाको उदेश्य पथरीशनिश्चरेमा खेलाडीको उत्पादन र बिकास हो । खेल जस्ले जितेपनि नगरपालिका र खेलाडीहरुले नै जित्ने हो । यद्यपि आन्तरिक प्रतिस्पर्धामा निर्णयक टिमले तत्थ्य बुझेर निर्णय दिएमा खेलाडी, दर्शक वा नगरबासीलाई सन्तुष्ट मिल्नेछ । भिडियो हेरेका दर्शक र वाइजीएफटीका समर्थकहरुले सोमबार खेलाउने रेफ्रिको टिमलाई परिवर्तन माग गरेका छन् । 
     

सम्वन्धित समाचार

मोरङ । माओवादीले चलाएको जनयुद्धकालीन जनमुक्ति सेनाको कम्पनी कमाण्डर बिष्णु मगर .(मुक्तिं)ले पार्टीले भुईँ …

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा रहेका विद्यार्थी संख्या कम भएको १३ वटा विद्यालयहरुलाई कक्षा घटुवाहुने पत्…

मोरङ । नेकपा (माओवादी केन्द्र) संबद्ध आदिबासी÷जनजाति संयुक्त मोर्चा नेपालको केन्द्रीय अध्यक्ष शुरेस आ…

मोरङ । माओवादी केन्द्र निकट आदिबासी÷जनजाति संयुक्त मोर्चा नेपालको प्रदेश स्तरीय प्रशिक्षण हुने …