• म्याड्रिड,  १६  साउन

    स्पेन सरकारले अनुमति बिना आफ्नो तस्बीर प्रयोग गरेर कृत्रिम खुट्टा सम्पादन गरेपछि एक बेलायती मोडल क्रुद्ध बनेकी छिन् । तस्बीरलाई स्पेनको समानता मन्त्रालयले सुरु गरेको शारीरिक सकारात्मकता अभियानको हिस्साको रूपमा प्रयोग गरिएको थियो । 

    तर, ३२ वर्षीया सियान ग्रीन–लर्डले आफूले अभियानबारे साथीहरूले सन्देश पठाएपछि  मात्र थाहा पाएको बताइन् । आफ्नो तस्बिर अनुमतिबिना अभियानमा प्रयोग भएको भन्दै आपत्ति जनाउने उनी दोस्रो महिला हुन् । 

    यसअघि शुक्रबार लन्डनकी न्योम निकोलस–विलियम्सले आफ्नो इन्स्टाग्राम पृष्ठको तस्बीर  स्पेनिस इन्स्टिच्युट फर वुमनले जारी गरेको पोस्टरमा प्रयोग गरिएको बताएकी थिइन् ।

    ‘गर्मी हाम्रो पनि हो’ भन्ने नाराको मुनिको समुद्री तटमा स्तनको शल्यक्रिया गरिएकी एक जनासहित पाँच जना महिलाको दृष्टान्त अभियानमा प्रस्तुत गरिएको छ । 
    ग्रीन–लर्ड तस्बीरको  तल बायाँ देखिन्छिन् ।

    आफ्नो कृत्रिम खुट्टा हटाउनका लागि फोटा सम्पादन गरिएको देखेपछि आफू रिसले आगो भएको उनले बताएकी छिन् । आफ्नो स्वीमस्वीट पनि परिवर्तन गरिएको उनको गुनासो छ । 

    सन् २०१३ मा न्यूयोर्कमा छुट्टी मनाउने क्रममा ट्याक्सीले ठक्कर दिएपछि उनका खुट्टा काटिएको थियो । दुर्घटनाको समयमा उनी म्यानहटनमा एक साथीसँग हिँडिरहेकी थिइन् । 

    यसैबीच, अनुमति बिना तस्बीर प्रयोग गरेकोमा अभियानका निर्माताले माफी मागेका छन् । 
     

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …