• ओटाबा, २४ साउन

    ब्रिटिश कोलम्बियाको एक अदालतले क्यानडेली युवतीलाई अनलाईमार्फत दुर्व्यवहार गरेको आरोपमा एक नेदरल्यान्डका पुरुषलाई दोषी ठहर गरेको छ । दुर्व्यवहारपछि ती क्यानेडेली युवतीले आत्महत्या गरेकी थिइन् ।

    अदालतले दोषी ठहर गरेका ४४ वर्षीय आयडिन कोबानविरुद्ध जबरजस्ती असुली, बाल प्रलोभन, बाल पोर्नोग्राफी र उत्पीडन गरेको अभियोग लगाइएको छ ।
    त्यतिबेला १५ वर्षकी अमान्डा टोडले सन् २०१२ मा एउटा भिडियो पोस्ट गर्दै कोबानले अनलाईमार्फत यौन दुर्व्यवहार गरेको गुनासो गरेकी थिइन् ।

    उक्त भिडियोलाई युट्युवबाट लाखौँ पटक हेरिएको थियो र अनलाईनमार्फत यौन दुर्व्यवहारबारे राष्ट्रिय बहस बढेको थियो । भिडियो अपलोड गरेको पाँच सातापछि उनले आत्महत्या गरेकी थिइन् । इन्टरनेटमार्फत दर्जनौँ महिलालाई ब्ल्याकमेल र दुर्व्यवहार गरेको अभियोगमा कोबनलाई सन् २०१७ मा ११ वर्ष जेल सजाय तोकिएको थियो । उनले बेलायत, क्यानडा र अमेरिका युवतीलाई दुर्व्यवहार गरेका थिए ।  

    क्यानडामा सुपुर्दगी गरिएपछि उनीविरुद्ध बाल अश्लील सामग्री वितरण गरेको, जबर्जस्ती पैसा असुली गरेको र मानसिक यातना दिएको आरोप लगाइएको थियो ।
     

सम्वन्धित समाचार

धार्मिक टिभी शो महाभारतमा भगवान कृष्णको भूमिका निभाएका अभिनेता नितिश भारद्वाजलाई कसले भुल्न सक्छ । विगतम…

पाकिस्तानमा आज निर्वाचन हुदैँछ । आज हुन लागेको आम निर्वाचनका लागि करिब ६ लाख ५० हजार सुरक्षाकर्मी प…

ण्डन, २४ भदाै    बेलायतमा सबैभन्दा लामो समयसम्म गद्दीमा रहेकी महारानी एलिजाबेथ द्वितीयाको ९…

नयाँ दिल्ली, २ असार सम्पत्ति शुद्धीकरण मुद्दामा कांग्रेस नेता राहुल गान्धी लगातार तेस्रो दिन प्रवर्तन निर्द…