• काठमाडौं, २२ भदौ 

    सारंगी वादक हेमन्त कान्छा रसाइलीले बेलायतमा एकल सारंगी  साँझको आयोजना गर्ने भएका छन् । विगत ४ महिनादेखि बेलायतमा नै रहेर लगातार सांगीतिक कार्यक्रममा व्यस्त रहेका गायक तथा सारंगी वादक रसाइलीको सारंगी साँझ २५ भदौ (१० सेप्टेम्बर) शनिबार दिन अल्डरसटस्थित एम्पायर हलमा हुने भएको छ ।

    मन ट्राभलको आयोजनामा हुन लागेको सारंगी साँझमा उनले आफूले अहिलेसम्म गाएका गीतहरुमा दिएका धुन र उनले भरेका १२ हजार गीतमध्ये सबैभन्दा चल्तिका सारंगीको धुनसमेत सारंगी साँझमा सुनाउने छन् । 

    चार दर्जनभन्दा बढी गीतहरूमा आवाज सँगै सङ्गीत रचना उनी आफ्नो कलामार्फत् विभिन्न सारंगीको धुन र गीतमार्फत् बेलायतबासीलाई मनोरञ्जन दिने तयारीमा जुटिरहेका छन् । 

    उनी गाएक मात्र नभई सारंगी वादक भएको नाताले आफ्नो चलिरहेको कार्यक्रम सारंगीसँग चर्चित कार्यक्रम छायांकन सँगै आफू र सँगै आएका गायिका विमला श्रीष र गीता पाइजा मगरको पनि प्रस्तुती रहनेछ । उनले गाएका बालापन, भाग्यमानी, किन होला खै, लाहुर, फूल रोको कसले देख्छ र, कर्मै हाराको, रेलको ढोका बनलागायत झलकमान गन्धर्वको सम्झनामा हे बरै जस्ता कालजयी गीतहरु गुन्जएमान हुने र कार्यक्रमको अन्तिम चरणमा विमला र हेमन्तले लाइभ दोहोरी गाएर सबै दर्शकलाई नचाउने कार्यक्रम समेत रहेको उनले बताए । 

    म्याग्दीको मालिका गाउँपालिका–४ चिउरीबोट मठ्ठ डाँडामा जन्मिएका हेमन्तले यस कार्यक्रम गर्नुको विषेश उद्देश्य भनेकै सारंगीको संरक्षण रहेको  बताए ।  

सम्वन्धित समाचार

 सञ्जय मिश्रा रौतहट, २१ फागुन। आमजनता पार्टीका अध्यक्ष तथा पूर्व मन्त्री प्रभु साहले मौलापुरस्थित पुरात…

काठमाडाैं, १७ माघ । झापाको बिर्तामोडमा पहिलो पटक गजलसम्बन्धी बिशेष कार्यक्रम हुने भएको छ । नेपाल गज…

किशोर कुमार राजवंशी नारी स्वच्छ र निस्वार्थताकी प्रतिक,  महानताकी नमुना जो हुन धैर्यताकी बाँध।&nbs…

 दमौली, १३ असार   तनहुँका स्थानीय तहले पर्यटन क्षेत्रलाई प्राथमिकता दिएका छन् । यहाँका स्थानीय …