• दसै‌ मनाउन बेलायत आएका हास्यकलाकारद्वय मरिचमान श्रेष्ठ (बल्छी  धुर्वे), राजु पौडेल (राजु माष्टर) द्धारा प्रस्तुति रहेको पहिलो शोलाई दर्शकहरुले रुचाएका छन् । बेलायतमा पहिलो पटक कार्यक्रम लिएर आएका कलाकारद्धयले  सोमबार साँझ बेलायतको पिटरबरोमा ‘पिटरबरो नेप्लिज कम्युनिटी’ यूकेमा निकै राम्राे  प्रस्तुति दिए । 

    दुई सय जनाभन्दा बढीको उपस्थिति रहेको कार्यक्रममा बल्छी  धुर्वेले टिकटकमार्फत समाजमा बढ्दै गएको विकृतिको बारेमा तिखो प्रहार गरे । 

    कार्यक्रमा राजु माष्टरको विदेशमा रहेका नेपाली बालबालिकालाई नेपाली भाषा र संस्कृति सिकाउन आग्रह गर्दै सन्देश मुलक प्रस्तुति प्रस्तुत गरे ।

    शुभकामना आदानप्रदान कार्यक्रममा राष्ट्रिय कलाकार गायक प्रकाश कटुवाल साथ स्थानीय कलाकार पूर्णमान बज्राचार्यको प्रस्तुति रहेको थियो ।

    कार्यक्रममा सहभागी आस्था भट्टराईले ठाउँको ठाउँ मानिसरलाई रोष्ट गर्न सक्ने बल्छी ध्रुर्वेको क्षमताको उनले प्रशंसा गरिन् । 

    यसैगरी लोक गायक प्रकाश कटुवालले बेलायत आउनले भोगेको बेथा पोख्दै तेस्रो पटकको प्रयासमा आफू बेलायत आउन पाएको बताए । उनले ‘चोर बिरालो पल्क्यो, चोरी खान पल्केको ढाडे बिरालो, छेकेन जामाले जस्ता आफ्ना लोकप्रिय सांगीतिक प्रस्तुति दिए । 

सम्वन्धित समाचार

विदेश न्युयाेर्क, ६ चैत  । भारतका अन्वेषकले पहिलो पटक एसियाली हात्तीहरूले पनि मरेका अाफ्ना छावा कसर…

मोरङ । नेकपा (एमाले) मोरङ स्थित पथरीशनिश्चरे नगरपालिका १ नं. वडा पार्टीको अध्यक्षमा अहिले निर्वाचन भइरहेक…

लण्डन, १५ मंसिर भूपू गोर्खाहरुको मागलाई सम्बोधन गर्न बेलायत–नेपाल सरकार र आन्दोलनरत भूपूगोर्खाबीचक…

गैरआवासीय नेपाली संघ (एनआरएनए)ले संघका महासचिव गौरीराज जोशीकी आमा भूपकुमारी जोशीको स्मृतिमा श्रद्धाञ्जल…