• काठमाडौं, २८ कात्तिक

    निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आसन्न निर्वाचनमा मौन अवधि नरहेको बताएका छन् । 

    निर्वाचन आचारसंहिता, २०७९ बमोजिम गठित केन्द्रीय आचारसंहिता अनुगमन समिति बैठकलाई सोमबार सम्बोधन गर्दै उनले आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा मौन अवधि नराखिएको जानकारी दिए । तर, मतदानको ४८ घण्टादेखि चुनावी प्रसारप्रचार गर्न नपाइने उनले बताए । 

    मौन अवधि नरहेकाले मतदानअघिको ४८ घण्टाको समयलाई व्यवस्थित बनाउने काम भइरहेको जानकारी दिएका उनले उक्त अवधिलाई यसपटक मौन अवधि नभएको र प्रचारप्रसार गर्न पनि प्रतिबन्ध लगाइएको बताए ।  

    उक्त समयावधिमा हुन सक्ने आचारसंहिताविपरीतका गतिविधिलाई रोक्ने गरी आयोगले काम गरिरहेको जानकारी दिएका प्रमुख आयुक्त थपलियाले यस पटक धेरैजसो आचारसंहिता उल्लंघनका घटना टिकटकबाट भइरहेको बताए । १ मंसिर रातीदेखि प्रचारप्रसार गर्न नपाइने उनको भनाइ छ । 
     

सम्वन्धित समाचार

विराटनगर ।  कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई एमालेले मार्ग प्रशस्त गर्न एमालेले आग्रह गरेको छ …

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार बनाउन दाबि गर्ने समय आज सकिदै छ । प्रदेश प्रमुख नजिर मियाँले चैत…

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । प्रतिनिधिसभाको बैठक…

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जनप्रदर्शनमा झडप भएको छ । भृकुटीमण्डपबाट शुरु भएको रा…