• मोरङ । नीति निर्माणको रुपमा लिइने हिउँदै अधिवेशनबाट मोरङको पथरीशनिश्चरेको १२ औं नगर सभाबाट दुई वटा विधेयक पारित गर्नुको साथै १० वटा महत्वपूर्ण निर्णयहरु गरेको छ ।
    पथरीशनिश्चरेको नगर अधिवेशन बुधबार २ नं. वडा स्थित सिनभिलेज पार्टी प्यालेसमा समापन भएको थियो ।
    नगरपालिकाको हलमा आज (बिहिबार) पत्रकार सम्मेलनको आयोजना गरी सभाले पारित गरेको निर्णयहरु र पौष मसान्तसम्म (छ महिना)को प्रगतिविवरण सार्वजनिक गरेको हो । नगरसभाबाट विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन र शिक्षा सम्बन्धी विधेयक पारित भएको विज्ञप्तिमा उल्लेख छ । 
    पत्रकार सम्मेलनमा नगर प्रमुख मोहन तुम्बापो, उपप्रमुख देविमाया काफ्ले, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, कर्मचारीहरुको उपस्थितिमा भएको पत्रकार सम्मेलनमा प्रवक्ता नवीन कार्कीले विज्ञप्ति बाचन गरेर निर्णयहरु सार्वजनिक गरेका थिए । कार्यक्रम नगरको सूचना संयोजक शन्तोष राईले सञ्चालन गरेका थिए । नगर अघिवेशनको उद्घाटनमा नगरका कर्मचारी लुकनाथ पोख्रेललाई ३० हजार नगदसहित उत्कृष्ण कर्मचारीको रुपमा सम्मान गरिएको थियो । 
    नगरसभाले सुकुम्बासीलाई जस्को जग्गामा बसेपनि जोतभोगको आधारमा धनीपुर्जा दिन संघ, प्रदेश सरकारलाई अनुरोध गर्ने, सुकुम्बासी बसेको जग्गाको राजस्व (कर) नगरले नलिने, अध्ययन गरेर नगरमा सर्पदंशको उपचार केन्द्र स्थापनाको लागि पहल गर्ने निर्णय भएको छ ।
    त्यसैगरी नयाँ स्थापना गरेको पूर्बी र पश्चिम बस स्टेनमा सार्वजनिक शौचालय निर्माण गर्ने, नगर क्षेत्रमा रहेको डाँस, सुनझोडा र बक्राहाको नदीजन्य पदार्थ छिमेकी पालिकाहरुले उत्खनन तथा बिक्री वितरण गरिरहेको बारे जिल्ला समन्वयसँग समन्वय गरेर सो कर्य रोक्न प्रकृया अघि बढाउने निर्णय भएको छ । ल्याण्डफिल्ड साइडको उर्लाबारी लगायतको छिमेकी पालिकाहरुसँग समन्वय गरेर स्थानन्तरणको प्रयास थाल्ने, समस्या अध्ययन गरेर सेवाग्रहीले  बिगत आर्थिक बर्षहरुको घर नक्सा पासको प्रतिलिपि उललब्ध गराउने लगायतको निर्णय भएको उल्लेख छ । पत्रकारहरुले सोधिएको प्रस्नहरुको जवाफ दिदै नगर प्रमुख तुम्बापोले गए आर्थिक बर्षमा भेटनरी ब्याबसायीहरुले कर बृद्धि बारे गुनासो गरेपछि घटाइएको जानकारी दिए । 
    पौष मसान्तसम्मको प्रस्तुत प्रगति विवरणमा नगर अधिवेशनले गए आर्थिक बर्षबाट पारित बजेट संशोधन गरिएको छ । 
    पौष मसान्तसम्म चालुतर्फ ३९ र पुँजीगततर्फ १९ प्रतिशत खर्च भएको उल्लेख छ । यो अवधिमा ७६ जना विरामीलाई १५ हजारको दरले उपचार खर्च वितरण गरिएको उल्लेख छ ।

    नगरमा मृत्युभन्दा जन्म चार डबल बढी, ८५ जोडिले गरे सम्बन्ध विच्छेद 

    नगरपालिकामा छ महिनामा एक हजार, २०१ जनाको जन्म र ३५३ जनाको मृत्यु दर्ता भएको छ ।  यस अवधिमा ५८१ जोडिको विवाह र ८५ जोडिको सम्बन्ध विच्छेद भएको विवरण उल्लेख छ । वसाइ जाने भन्दा पथरीशनिश्चरेमा आउनेको संख्या बढी छ । यो छ महिनामा ४४७ वटा घट्नामा एक हजार ३०४ जनाले नगर छाडेका छन भने ७०१ वटा घट्नाबाट दुई हाजर ८६ जना नगरपालिका आएका छन् । प्रगति प्रतिवेदनमा ठेक्का र उपभोक्ता समिति मार्फत भइरहेको विकास निर्माणको विवरणहरु उल्लेख छ । 

सम्वन्धित समाचार

मोरङ । बिद्यालयमा बालिकाहरुमाथि हुनसक्ने ब्याड टच, निशुल्क सेनिटरी प्याडको सुबिधा र प्रयोग सम्बन्धि मोरङको …

काठमाडौँ । काठमाडौँ महानगरका मेयर बालेन शाहले  झापास्थित गिरीबन्धु चिया बगान (गिरीबन्धु टि–…

 उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले जीबी राईलाई अघिल्लो सरकारले भगाएको आरोप लगाएका छन् ।शनिबार …

भ्वाइस अफ नेपाल सिजन—५ का बिजेता बिनोद राई बेलायतको एक महिने भिजिटपछि सुक्रबार मर्कथलो मोरङको पथ…