• मोरङ । जनयुद्ध कालमा आधार क्षेत्रको रुपमा रहेको मोरङको पथरीशनिश्चरे—५ भेटघाट चोकमा आज (मंगलबार) राजनीतिक परिवर्तनको लागि बलिदान गर्ने परिवार र योगदान गर्ने १० भन्दा बढीलाई सम्मान गरेको छ । 
    माओवादी केन्द्रको पथरीशनिश्चरे ५ नं. वडा समितिको आयोजनामा जनयुद्धका सहिद परिवार र कांग्रेस, एमालेका राजनीतिक परिवर्तनमा योगदान गर्ने व्यक्तिहरुलाई सम्मान गरिएको हो । 
    जनयुद्धमा साहदत प्राप्त गरेका सहिद सन्तोष लिम्बूको पत्नि लक्ष्मी लिम्बू, नेत्रबहादुर मगरकी आमा सरस्वति मगर, हंसिलाल राजवंशीकी बुहारी उज्वलकुमारी राजवंशी र हालसम्म बेपत्ता लक्ष्मी खतिवडाको बाबु जनकलाल खतिवडालाई दोसल्ला र सम्मान पत्र प्रदान गरिएको थियो । 
    पार्टी केन्द्रीय सदस्य तथा प्रदेश सभा सदस्य गीता तिम्सिना, केन्द्रीय लेखा समिति सदस्य लालबहादुर सुस्लिङ मगर, ५ नं. वडा अध्यक्ष चेतेन्द्र खड्का लगायतको उपस्थितिमा पञ्चायत विरुद्धको आन्दोलनमा कांग्रेस र एमालेबाट योगदान गर्ने वडाबासीहरुलाई पनि सम्मान गरिएको थियो ।
    यसरी सम्मानित हुनेहरुमा दधिराम कुइकेल, शोभालाल चौकरी, तिलक धिमाल, ईन्द्रबहादुर घिमिरे, गोपाल गन्गाइ, तिलबिक्रम बस्नेत, धनबहादुर लिम्बू लगायत रहेका छन् । कार्यक्रममा मोरङ ३ (क)बाट बिजेता समानुपाति प्रदेश सभा सदस्य गीता तिम्सिनालाई पनि दोसल्ला ओढाएर बधाई तथा सम्मान गरिएको थियो । 
    माओवादी केन्द्र ५ नं. वडा समिति अध्यक्ष रिजमान अन्सारीको सभापतित्वमा भएको कार्यक्रममा पार्टीको नगरको सहइन्चार्ज नेत्र पोख्रेल (बिशाल)ले जनयुद्ध वा त्यो भन्दा अघि बलिदान दिने सहिदहरुलाई भुल्दै जाने अवस्था आएकोले परिवारलाई सम्मान गरिएको बताए । पोख्रेलले सहित सबैको साझा हुने तर्क प्रस्तुत गरेका थिए । 
    कार्यक्रमको प्रमुख अतिथि गीता तिम्सिना, संविधान सभा सदस्य लालबहादुर सुस्लिङ मागर, ५ नं. वडा अध्यक्ष चेतेन्द्र खड्का, माआवादी केन्द्र नगर अध्यक्ष गोबिन्द कटुवाल लगायतले बधाई तथा शुभकामना मन्तब्य राखेका थिए । 
    कार्यक्रममा पार्टीको १ नं. प्रदेश समिति सदस्य रञ्जु कटुवाल, नगर सहइन्चार्ज बालकुमार मगर (विकास) किराती राष्ट्रिय मुक्ति मोर्चा केन्द्रीय महासचिव अर्जुन किराती, सचिव मान दियाली, नेता मदन पोख्रेल, शिव तिम्सिना, राजकुमार तिरुवा लगायतको उपस्थिति रहेको थियो । 
    माओवादी केन्द्र पथरीशनिश्चरे नगर समितिले फागुन १ गते संघीय पर्यटन मन्त्री सुनद किरातीको उपस्थितिमा लोकतान्त्रिक चोकमा दीप प्रज्वलन गरी २८ औं जनयुद्ध दिवस मनाएका थिए । जनयुद्ध दिवसकै अवसरमा वडाबाट सहिद तथा बेपत्ता परिवार र राजनीतिक परिवर्तनमा योगदान गर्ने वडाबासीलाई सम्मान गरिएको माओवादी केन्द्रका नगरका युवा नेता प्रताप लुइटेलले बताए । कार्यक्रममा बिभिन्न गीतमा नृत्य प्रस्तुत गरेर उपस्थित सहभागीलाई मनोरञ्जन प्रदान गरिएको थियो । 
    जनयुद्ध कालमा पथरीशनिश्चरे नगरबाट मात्र २२ जना बढीले सहदत प्राप्त गरेका थिए । २८ औ जनयुद्ध दिवसको अवसरमा केही दिनपछि सहिद तथा बेपत्ता परिवारलाई बृहत कार्यक्रमको आयोजना गरी सम्मान गर्ने कार्यक्रम रहेको माओवादी केन्द्र नगर समिति अध्यक्ष गोबिन्द कटुवालले बताए । 
    गएको स्थानीय तहमा पथरीशनिश्चरे नगरमा अघिल्लो निर्वाचनभन्दा भोट घटेपछि पार्टी निर्माणमा नेता कार्यकर्ताहरु निरन्तर लागि रहेको नगर अध्यक्ष गोबिन्द कटुवालले बताए । पार्टी सम्बद्ध भातृ तथा जनवर्गीय समितिहरुको गठन, पुनर्गठन, भेला प्रशिक्षणको साथै जन सेवाको कार्यक्रम लिएर टोलटोल छिर्ने योजना बनिरहेको अध्यक्ष कटुवालले बताए । 


     

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरे नगरको बिभिन्न विद्यालयमा शिक्षक नियुक्तिको परीक्षामा सबै सहभागी फेल भएका छन् ।&…

मोरङ । माओवादीले चलाएको जनयुद्धकालीन जनमुक्ति सेनाको कम्पनी कमाण्डर बिष्णु मगर .(मुक्तिं)ले पार्टीले भुईँ …

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा रहेका विद्यार्थी संख्या कम भएको १३ वटा विद्यालयहरुलाई कक्षा घटुवाहुने पत्…

मोरङ । नेकपा (माओवादी केन्द्र) संबद्ध आदिबासी÷जनजाति संयुक्त मोर्चा नेपालको केन्द्रीय अध्यक्ष शुरेस आ…