• मोरङ । मोरङको पथरीशनिश्चरे—१ स्थित पथरी बहुमुखी क्याम्पसमा आज (बुधबार) भएको अखिल क्रान्तिकारीको भेलाले खगेन मगर (अभिसेक)को संयोजकत्वमा ७५ सदस्यीय इकाइ समिति गठन भएको छ ।
    माओवादी केन्द्र सम्बद्ध अनेरास्ववियु (क्रान्तिकारी)को क्याम्पस भेलाले सहसंयोजकमा कृतिका खनाल र सुमन तामाङलाई सर्वसहमत चयन गरेका छन् ।
    समितिको सदस्यहरुमा राज लोहार, मनु लिम्बू, रेश्मी राई, सरगम खापुङ, लक्ष्मी राई, सरोज अघिकारी, बिनोद मगर, दिपिका पोख्रेल, हेमा कार्की, प्रज्वल मगर, प्रकाश लिम्बू, एरिक बस्नेत, मिलन राई, छितिज राई, नवीन बिक लगायत रहेका छन् ।
    भेलामा अखिल क्रान्तिकारी मोरङ जिल्ला अध्यक्ष नगेन्द्र घिमिरे, उपाध्यक्ष सरोज किराती, प्रदेश सदस्य सागर राई, माओवादी केन्द्र केन्द्रीय लेखा आयोगको सदस्य लालबहादुर मगर, प्रदेश सल्लाहकार सदस्य शिव तिम्सिना, किराती मोर्चाको महासचिव अर्जुन किराती, पार्टी नगर अध्यक्ष गोबिन्द कटुवाल, सचिब मान दियाली, सहसचिब रबिन राई, बिद्यार्थी बिभाग प्रमुख राजकुमार बिक, सदस्य नारायण दाहाल लगायतको उपस्थिति रहेको थियो । 
    नव गठिन समितिको संयोजक मगरले आगामी हुन लागेको स्ववियु निर्वाचन जित्ने दाबी गरेका गरेका छन् । संगठनको जिल्ला अध्यक्ष नगेन्द्र घिमिरेले नेवि संघ, एमाले अखिलका अधिकांश नेतृत्व अनियमिततामा फस्नुको साथै क्याम्पस प्रमुख र प्रशासनलाई थर्काएर व्यक्ति हितमा लाग्ने गरेको बताएका थिए । 


     

सम्वन्धित समाचार

काठमाडौँ । टुँडिखेलमा काठमाडौँ महानगरपालिकाले सञ्चालन गरिरहेको ‘सिप मेला’ कार्यक्रम र सामु…

कोशीमा एमालेका हिक्मत कार्कीलाई मुख्यमन्त्री बनाएको भन्दै नयाँ सरकार गठनविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भए…

नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले कृषिक्रान्ति नै हाम्रो दिगो आर्थिक समृ्द्धिको …

 कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।प्रदेश प्रमु…