• मोरङ । स्ववियुको निर्वाचन नजिकिँदै गर्दा मोरङको पथरी बहुमुखी क्याम्पसमा नेवि संघ र एमाले सम्बद्ध अनेरास्ववियुवीच दुई पटक तनाव सिर्जना भएको छ । 
    चैत्र ५ गते हुने स्ववियु निर्वाचनको बिषयलाई लिएर दुई पक्षवीच घम्साघम्सीसम्म हुने गरेको छ । स्ववियु निर्वाचन प्रयोजनको लागि कस्को संगठन १ नं. मा दर्ताहुने देखि आचार संहिता उलंघन गरेको भन्ने बिषयमा दुई पक्षवीच हालसम्म दुई पटक तनाव सिर्जना भएको छ । 
    नेवि संघ र एमाले सम्बद्ध अखिलले संगठन (दल) दर्ताको निवेदन सँगै जस्तो दिएपनि आफ्नो संगठन १ नम्बरमा दर्ता हुनुपर्ने भन्दै दुई दिनसम्म समस्या भएको थियो । सो दिन दुई पक्षवीच घम्साघम्सी भएको थियो । ब्यालेट पेपर बनाउदा थप छलफल गर्ने भनिएपछि एमाले अखिल १ र नेवि संघ २ नं.मा संगठन दर्ता भएको क्याम्पस प्रमुख शान्तिराम तिम्सिनाले जानकारी दिए । 
    क्याम्पसमा माओवादी केन्द्र सम्बद्ध अखिल (क्रान्तिकारी) र नेकपा (एस) सम्बद्ध अनेरास्ववियू गरी चार वटा दल दर्ता भएको प्रमुख तिम्सिनाले बताए । 
    क्याम्पसमा २१ गते ९ बजेपछि निर्वाचन आचारसंहिता लागू गर्ने निर्णय भएको थियो । एमाले अखिल सम्बद्ध विद्यार्थीहरुले आज (२१ गते) क्याम्पस अगाडिको सडकमा जेब्राक्रसिङ बनाएपछि विद्यार्थी संघमा आबद्ध विद्यार्थीहरु आएर रोक्न खोजेको अखिल सम्बद्ध उज्वल लकान्द्रिले बताए । अखिलले एउटा बनाएर अर्को जेब्राक्रसिङ आधा बनाइरहेका थिए । एउटा सकेर अर्को आधा हुँदा नेवि संघका विद्यार्थीहरु आएर हस्तक्षेप भएको बताइएको छ । 
    यता नेवि संघ नेता तथा क्याम्पसको स्ववियु पूर्व सभापति गोपाल साम्बाले भने अखिलका विद्यार्थीहरुले आचारसंहिता उलंघन गरेपछि निर्वाचन समितिलाई उजुरी दिएको बताए । आचार संहिता उलंघन गरेको प्रमाणसहित उजुरी दिएपछि निर्वाचन समितिले जेब्राक्रसिङ बनाउन रोकेको साम्बाले बताए । 
    क्याम्पसमा आज (२१ गते) बिहान ९ बजेसम्म विद्यार्थी भर्ना गर्ने समय तोकिउको थियो । स्ववियु निर्वाचनको लागि ६ सय विद्यार्थी भर्ना भएको क्याम्पसको लेखा शाखाका प्रमुख रोहित बास्तोलाले बताए । विद्यार्थीलाई भर्ना शुल्क ६ र ८ हजारको दर पर्दछ । 
     

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा रहेका विद्यार्थी संख्या कम भएको १३ वटा विद्यालयहरुलाई कक्षा घटुवाहुने पत्…

मोरङ । नेकपा (माओवादी केन्द्र) संबद्ध आदिबासी÷जनजाति संयुक्त मोर्चा नेपालको केन्द्रीय अध्यक्ष शुरेस आ…

मोरङ । माओवादी केन्द्र निकट आदिबासी÷जनजाति संयुक्त मोर्चा नेपालको प्रदेश स्तरीय प्रशिक्षण हुने …

मोरङ । ताप्लेजुङको मुकुमलुङ पछिल्लो समयमा माथीभाराबाट परिचित माङहिम÷मन्दीरमा बार्षिक अरबौ कमाउने…