• मोरङ । कोशी प्रदेश नामको समर्थक बस्ने प्रदेश सभा सदस्य निरन राईलाई शनिबार झापाको बिर्तामोडमा वंश गद्दार घोषणा गरेको छ ।
    गत फागुन १७ गते सिक्मत कार्की नेतृत्वको प्रदेश सरकारको योजनामा रामबहादुर मगर प्रस्तावक राखेर १ नं. प्रदेशको नाम कोशी प्रस्ताव भएको थियो । सो प्रस्तावको समर्थक धनकुटाका प्रदेश सांसद निरन राई र भूमीप्रसाद राजवंशी रहेका थिए ।
    कोशी नाम सदनबाट पारित भएसँगै प्रदेश १ मा खारेजीको मागसँगै आन्दोलन चलिरहेको छ । राई समुदायको कुलमा जन्मिएर कोशी नामको समर्थक बसेकामा स्वयम राई समुदाय आक्रोशित रहेको छ । किरात राई यायोक्खा झापाले सुक्रबार निरन राईको तस्वीरमा जुत्ता राख्नुको साथै २ मिनेट थुकेका थिए । थुक्दै लात हान्दै वंश गद्दार घोषणा गरेको हो ।
    कोशी नाम राखिएसँगै प्रदेश नं. १ पुनः नामकरण संयुक्त संघर्ष समितिले सांसदहरुलाई कालो मोसो दल्ने, सरकारी कार्यालयहरुमा कालो झण्डा राख्ने, कोशी प्रदेशको बोर्ड सरकारी कार्यालयमा राख्न नदिने राखिएमा जलाइदिने लगायतको कार्यक्रम घोषणा भएको छ । कोशी नाम राखिएसँगै सडक जाम, मशाल जुलुस, आम हड्ताल लगायतको कार्यक्रम गर्दै आएको छ ।

सम्वन्धित समाचार

मोरङ । माओवादीले चलाएको जनयुद्धकालीन जनमुक्ति सेनाको कम्पनी कमाण्डर बिष्णु मगर .(मुक्तिं)ले पार्टीले भुईँ …

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा रहेका विद्यार्थी संख्या कम भएको १३ वटा विद्यालयहरुलाई कक्षा घटुवाहुने पत्…

मोरङ । नेकपा (माओवादी केन्द्र) संबद्ध आदिबासी÷जनजाति संयुक्त मोर्चा नेपालको केन्द्रीय अध्यक्ष शुरेस आ…

मोरङ । माओवादी केन्द्र निकट आदिबासी÷जनजाति संयुक्त मोर्चा नेपालको प्रदेश स्तरीय प्रशिक्षण हुने …